काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरूले सुरू गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरूलाई भेट गरी कोभिड-१९ नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन्।
युवाहरूले कोरोना नियन्त्रणका लागि राखेको जायज मागप्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता जनाएको उनले बताए। संक्रमण सुरू भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरू गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको उनको भनाइ छ।
युवाहरूले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए।
‘इनफ इज इनफ’ समूहका युवाहरू १० दिनदेखि कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना-पानी नखाई सत्याग्रह बसेका छन्।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरूले सुरू गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरूलाई भेट गरी कोभिड-१९ नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन्।

">