काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक शक्ति संघर्षले उत्पन्न विवाद उत्कर्षमा पुग्ने देखिएको छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मंगलबार बस्ने स्थायी समिति बैठकमा बहुमतबाट निर्णय गरेर जाने संकेत गरेपछि यो स्थिति आएको हो।
नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष प्रचण्डलाई स्थायी समिति बैठकले भए सहमति, नभए बहुमतको आधारमा कुनै न कुनै प्रस्ताव लिएर जान आफूहरूले सुझाएको र त्यसरी नै जाने तयारी भएको बताइन्।
विवाद समाधानको निष्कर्ष बैठकमा छलफलले जे निकाल्छ, त्यही प्रस्ताव हुने उनको भनाइ छ। “पहिलो त सर्वसहमतिको प्रयास नै हुन्छ, भएन भने बहुमतबाटै निर्णय लिने हो ”, उनले देखापढीसँग भनिन् ।
प्रचण्ड र नेपाल पक्षले यसअघि सचिवालय र अहिले जारी स्थायी समिति बैठकमा ओलीको राजीनामाको मागलाई उठाएको छ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा नदिने बताउँदै आएका छन्।
यस्तो अवस्थामा स्थायी समिति बैठकमा दुई पक्षबीच सहमति हुने सम्भावना अत्यन्त न्यून देखिन्छ।
ओली पक्षीय स्थायी समिति सदस्य सत्यनारायण मण्डलले त बहुमतले निर्णय गरेर दुवै पदबाट ओलीलाई हटाउन प्रचण्ड पक्षलाई चुनौती नै दिएका छन्।
“बहुमतले हटाउने निर्णय गरेर देखाओस् न पहिला र हटाउने नै निर्णय गरेर जान्छन् भनेदेखि हेरौं के हुँदोरहेछ र के–के गर्दारहेछन्”, उनले बताए।
प्रचण्ड–नेपाल पक्षले बहुमतको आधारमा निर्णय गरेर गयो भने पार्टीको संकट झन् गहिरिने छ।
राजीनामाको विषयले नै गर्दा जारी स्थायी समिति बैठक आठपटक स्थगित भएको छ।
असार १० गतेदेखि यता जम्मा चारपटक बसेको छ। पटक–पटक स्थगित गरेर विवाद समाधानको प्रयास गरे पनि प्रगति भने शून्य छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक शक्ति संघर्षले उत्पन्न विवाद उत्कर्षमा पुग्ने देखिएको छ।पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मंगलबार बस्ने स्थायी समिति बैठकमा बहुमतबाट निर्णय गरेर जाने संकेत गरेपछि यो स्थिति आएको हो।

">