काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक तय गरिएको छ।
१० असारदेखि शुरू स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका केही नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद बढेको छ।
पूर्वनिर्धारित अजेण्डाबाट बाहिर गएपछि बैठक पटक-पटक स्थगित हुँदै आएको छ। पछिल्लो समय ६ साउनमा बसेको बैठकमा प्राकृतिक विपत्तिबाट देशमा ठूलो जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षणसहित नेता/कार्यकर्तालाई उद्धार र राहतमा खटाउने निर्णयसहित बैठक आजका लागि सारिएको थियो।
अहिलेसम्म चार पटक बस्दा आठ पटक बैठक स्थगित भएको छ। लामो समय अनिर्णयको बन्दी नबनाउन पार्टीभित्र तीब्र दबाब छ।
सचिवालय बैठकअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच केहीबेरमा बालुवाटारमा भेटघाटको तय भएको छ।
" /> काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक तय गरिएको छ।१० असारदेखि शुरू स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका केही नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद बढेको छ।

">