काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि तय गरिएको बैठक स्थगित गरिएको हो। बैठकको नयाँ मिति भने तोकिएको छैन।
नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आजको बैठक स्थगित गरिएको हो।
तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने स्थायी कमिटी बैठक स्थगित भएकोबारे आफूलाई थाहा नभएको देखापढीलाई बताए।
१० असारदेखि शुरू स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका केही नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि पार्टीको आन्तरिक विवादले नयाँ मोड लिएको छ।
१६ असारपछि पटकपटक स्थगित गरिँदै आएको स्थायी कमिटी बैठक पछिल्लो समय एक साताअघि ६ साउनमा बसेको थियो।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित गरिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि तय गरिएको बैठक स्थगित गरिएको हो। बैठकको नयाँ मिति भने तोकिएको छैन।

">