काठमाडौं। नेकपा स्थायी कमिटी बैठकको लागि अधिकांश सदस्य बालुवाटार पुगेपनि बैठक अनिश्चित बन्दा अन्योल भएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरू बालुवाटारमै रहेको तर बैठक स्थगितबारे केही थाहा नभएको देखापढीलाई बताए।
"म, अध्यक्ष प्रचण्डलगायत अन्य कमरेडहरू सबैजना बसिरहेका छौं", उनले भने, "हामीले धेरै अलमल गरिसक्यौं, अब समाधान चाहने हो र पार्टी एकताको संरक्षण गर्नको लागि भएपनि बैठकलाई निरन्तरता दिएर सहमति कायम गर्न आवश्यक छ। "
पटक-पटकको बैठक स्थगितले थप अन्योलता निम्त्याएको श्रेष्ठले बताए।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि बैठक स्थगितबारे आफूलाई थाहा नभएको बताएका छन्।
बिहान ११ बजे तय गरिएको बैठक स्थगित गरिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमा स्टाटसमार्फत सार्वजनिक गरेका थिए।
उनका अनुसार अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले आजको बैठक स्थगित गरिएको हो।
स्थायी कमिटी बैठकअघि बिहान ९ बजे भेटघाट हुने भनिएपनि प्रचण्ड नआएका कारण अध्यक्षद्वयबीच भेटघाट हुन नसकेको थापाले बताएका थिए।
" /> काठमाडौं। नेकपा स्थायी कमिटी बैठकको लागि अधिकांश सदस्य बालुवाटार पुगेपनि बैठक अनिश्चित बन्दा अन्योल भएको छ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरू बालुवाटारमै रहेको तर बैठक स्थगितबारे केही थाहा नभएको देखापढीलाई बताए।

">