देउवाले भारतीय राजदूतलाई भने– 'कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हाे' <p>काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँग भारत सरकारले सार्वजनिक गरेको नक्शाका सन्दर्भमा टेलिफाेन संवाद गरेका छन्।</p> <p>संवादमा देउवाले साे नक्शाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएकाे का&zwnj;ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।</p> <p>कांग्रेसले विज्ञप्तिमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा प्रष्ट रहेको उल्लेख गरेकाे छ।</p> <p>नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने कांग्रेसले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्