काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका नेताहरूले पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा त्यहाँका जनतालाई विचलित नहुन अपिल गरेको छ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष कुमारबहादुर थापासहितका नेताहरूले आज एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री सुनिलबहादुर थापासहित केही नेताहरूले राप्रपा छाडेको घट्नाबाट विचलित नहुन आग्रह गरेका हुन्।

उनीहरूले नेता थापाप्रति सहानुभूति प्रकट गर्दै निष्ठा र आदर्शको सच्चा मार्गमा फर्किन आह्वानसमेत गरेका छन्। पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका थापासहित ३१ जनाले साउन १० गते पार्टीबाट संयुक्त राजीनामा दिएका थिए।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुरले कहिले राजतन्त्र त कहिले गणतन्त्र, कहिले धर्म निरपेक्षता त कहिले हिन्दू राष्ट्रको कुरा गर्दै द्वेध चरित्र प्रस्तुत गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

‘‘सुनिलबहादुर थापाको यस्तो अस्थिर र द्वेध चरित्रबाट स्व. पूर्वप्रधानमन्त्री थापाकै राजनीतिक चरित्रलाई बदनाम गर्ने कार्य भएको कतै छिपेको छैन,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘गत प्रतिनिधिसभाको निर्वाचनकै बेला सुनिलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटालाई नेपाली कांग्रेसमा विलय गराउन खोजेका थिए। यस्तै अराजनीतिक गतिविधिबाट आजित भए पनि स्व. थापाको राजनीतिक विरासतलाई हामीले संगठित रूपमा अक्षुण राख्यौं।’’

राप्रपा धनकुटाको जिल्ला, नगर र गाउँ तहका कार्यसमितिहरू भंग गरिएको भन्ने कुप्रचार भएको भन्दै उनीहरूले भत्र्सना गरेका छन्। प्रचारमा ल्याइएका व्यक्ति वा समितिहरू सुनिलबहादुरले खल्तीबाट झिकेका नक्कली सूची भएको दाबी गरिएको छ।

‘‘राप्रपा धनकुटाका वैधानिक जिल्ला, नगर र गाउँ कार्यसमितिहरु स्व. थापाकै पदचिन्हमा यथावत छन्। कसैले पनि पार्टी परित्याग नगरेको हामी प्रस्ट पार्न चाहन्छौं। सम्बन्धित सबैलाई हल्लाको पछि नलाग्न, भ्रममा नपर्न र विचलित नहुन आह्वान गर्दछौं,’’ विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रधानमन्त्री स्व. थापाको राजनीतिक विरासतलाई जोगाइराख्नु आफूहरूको कर्तव्य भएको र त्यसप्रति प्रतिबद्ध रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘‘व्यक्तिगत निर्णयको छुट सबैमा सुरक्षित रहन्छ, तथापि आफ्नै बुबाको दीक्षा भुलेर राजनीतिक विचलनको बाटोबाट सुनिलबहादुर थापा कहीँ कतै पुग्ने छ्रैनन्। आफैंलाई मन्त्री बनाउने साथीहरूलाई अवमूल्यन गर्नु शोभनीय कार्य होइन,’’ विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका नेताहरूले पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा त्यहाँका जनतालाई विचलित नहुन अपिल गरेको छ।

"> ‘सुनिलबहादुरको द्वेध चरित्रले पूर्वप्रधानमन्त्री थापाकै राजनीतिक चरित्रलाई बदनाम गरायो’: Dekhapadhi
‘सुनिलबहादुरको द्वेध चरित्रले पूर्वप्रधानमन्त्री थापाकै राजनीतिक चरित्रलाई बदनाम गरायो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्