काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन्।
आज बिहान ११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी स्थगित भएपछि उनीहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता चलिरहेको छ।
स्थायी कमिटी बैठकका लागि भनेर बालुवाटार पुगेका नेकपा नेताहरू अलमलमा परेका छन्। बैठक स्थगित भएपछि केही नेता बालुवाटारबाट फर्किसकेका छन् भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र केही नेता बालुवाटारमै रहेको बुझिएको छ।
नेकपाभित्र देखिएको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको स्थायी कमिटी पटक पटक अवरुद्ध हुँदै आएको छ। १६ असारपछि ६ साउनमा बसेको बैठक आज बस्नेगरी स्थगित भएको थियो। तर, नेताहरूबीच सहमति नबन्दा आजको बैठक पनि स्थगित भएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन्।आज बिहान ११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी स्थगित भएपछि उनीहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता चलिरहेको छ।

">