काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे छलफल गर्न बोलाइएको पार्टीको स्थायी कमिटी बैठक बस्न नसकेकोमा आपत्ति जनाएका छन्।

“राष्ट्रिय महत्त्वका विषय पार्टीको बैठकमा छलफल गर्नु पर्नेछ,” रावलले देखापढीसँग भने, “राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे बैठकमा छलफल गर्नु पर्नेछ। तर बैठक बस्न सकिरहेको छैन।”

बैठक स्थगितलाई लिएर बाहिर भ्रम फैलाउने काम भएको आरोप उनले लगाए। उनले थपे, “अब अध्यक्ष प्रचण्डले यसबारे अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुनेछ। हामीले आज यही विषय गम्भीररूपले उठाएका छौं,” उनले भने।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालको लागि स्थगन गरिएको थियो।

बैठकअघि दुई अध्यक्ष भेटवार्ता गर्ने भनी तय गरिएको समयमा प्रचण्ड नगएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

बैठक स्थगित गरिएपछि बालुवाटार पुगेका केन्द्रीय सदस्यहरूबीच भेलाका रूपमा छलफल गरिएको थियाे। भेलालाई प्रचण्ड, वामदेव गौतम, रावललगायतले सम्बोधन गरेका थिए।

“आज स्थायी समिति बैठकलाई कसरी विधि र पद्धतिबाट निरनतरता दिन सकिन्छ भन्ने बारे अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपि शर्मा ओलीसँग छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ,” रावलले भने।

पार्टी फुटको संघारमा पुगेको प्रसंगमा नेता रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने दाबी गरे।

“पार्टी क्षमतालाई प्रभावकारी बनाउने, पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्ने, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने गरी सरकार सञ्चालनमा भएका कमजोरीबारे असन्तुष्टि र त्यसको उचित समाधान खोज्नुपर्ने आवश्यक्ता छ तर पार्टी फुट्दैन,” रावलले स्पष्ट पारे।

सत्ता परिवर्तनका लागि नेकपाभित्र वादविवाद बढेको भनेर बाहिर नियोजितरूपमा हल्ला गर्ने काम भएको उनले बताए।

उनले भने, “स्थायी कमिटी बैठकमा सरकार परिवर्तनका लागि मात्रै नभएर समसामयिक राष्ट्रियस्तरका विषयमा कुरा गर्नुपर्ने पूर्वनिर्धारित अजेण्डा नै थियो। सरकार परिवर्तनको भ्रमले बैठक नै स्थगित गर्नु दुर्भाग्यपूर्ण हो।”

असार १० गते देखि सुरू भएको पार्टीको स्थायी कमिटीको बैठक अनिर्णयको बन्दी बनाइएकोमा नेता रावलले आपत्ति जनाए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे छलफल गर्न बोलाइएको पार्टीको स्थायी कमिटी बैठक बस्न नसकेकोमा आपत्ति जनाएका छन्।

“राष्ट्रिय महत्त्वका विषय पार्टीको बैठकमा छलफल गर्नु पर्नेछ,” रावलले देखापढीसँग भने, “राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे बैठकमा छलफल गर्नु पर्नेछ। तर बैठक बस्न सकिरहेको छैन।”

बैठक स्थगितलाई लिएर बाहिर भ्रम फैलाउने काम भएको आरोप उनले लगाए। उनले थपे, “अब अध्यक्ष प्रचण्डले यसबारे अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुनेछ। हामीले आज यही विषय गम्भीररूपले उठाएका छौं,” उनले भने।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालको लागि स्थगन गरिएको थियो।

बैठकअघि दुई अध्यक्ष भेटवार्ता गर्ने भनी तय गरिएको समयमा प्रचण्ड नगएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

बैठक स्थगित गरिएपछि बालुवाटार पुगेका केन्द्रीय सदस्यहरूबीच भेलाका रूपमा छलफल गरिएको थियाे। भेलालाई प्रचण्ड, वामदेव गौतम, रावललगायतले सम्बोधन गरेका थिए।

“आज स्थायी समिति बैठकलाई कसरी विधि र पद्धतिबाट निरनतरता दिन सकिन्छ भन्ने बारे अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपि शर्मा ओलीसँग छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ,” रावलले भने।

पार्टी फुटको संघारमा पुगेको प्रसंगमा नेता रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने दाबी गरे।

“पार्टी क्षमतालाई प्रभावकारी बनाउने, पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्ने, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने गरी सरकार सञ्चालनमा भएका कमजोरीबारे असन्तुष्टि र त्यसको उचित समाधान खोज्नुपर्ने आवश्यक्ता छ तर पार्टी फुट्दैन,” रावलले स्पष्ट पारे।

सत्ता परिवर्तनका लागि नेकपाभित्र वादविवाद बढेको भनेर बाहिर नियोजितरूपमा हल्ला गर्ने काम भएको उनले बताए।

उनले भने, “स्थायी कमिटी बैठकमा सरकार परिवर्तनका लागि मात्रै नभएर समसामयिक राष्ट्रियस्तरका विषयमा कुरा गर्नुपर्ने पूर्वनिर्धारित अजेण्डा नै थियो। सरकार परिवर्तनको भ्रमले बैठक नै स्थगित गर्नु दुर्भाग्यपूर्ण हो।”

असार १० गते देखि सुरू भएको पार्टीको स्थायी कमिटीको बैठक अनिर्णयको बन्दी बनाइएकोमा नेता रावलले आपत्ति जनाए।

"> सरकार परिवर्तनको भ्रमले बैठक नै स्थगित गर्नु दुर्भाग्यपूर्ण- नेता रावल: Dekhapadhi
सरकार परिवर्तनको भ्रमले बैठक नै स्थगित गर्नु दुर्भाग्यपूर्ण- नेता रावल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे छलफल गर्न बोलाइएको पार्टीको स्थायी कमिटी बैठक बस्न नसकेकोमा आपत्ति जनाएका छन्।

“राष्ट्रिय महत्त्वका विषय पार्टीको बैठकमा छलफल गर्नु पर्नेछ,” रावलले देखापढीसँग भने, “राष्ट्र र जनताको पक्षमा सरकारले गरिरहेको कामबारे बैठकमा छलफल गर्नु पर्नेछ। तर बैठक बस्न सकिरहेको छैन।”

बैठक स्थगितलाई लिएर बाहिर भ्रम फैलाउने काम भएको आरोप उनले लगाए। उनले थपे, “अब अध्यक्ष प्रचण्डले यसबारे अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुनेछ। हामीले आज यही विषय गम्भीररूपले उठाएका छौं,” उनले भने।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालको लागि स्थगन गरिएको थियो।

बैठकअघि दुई अध्यक्ष भेटवार्ता गर्ने भनी तय गरिएको समयमा प्रचण्ड नगएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेका थिए।

बैठक स्थगित गरिएपछि बालुवाटार पुगेका केन्द्रीय सदस्यहरूबीच भेलाका रूपमा छलफल गरिएको थियाे। भेलालाई प्रचण्ड, वामदेव गौतम, रावललगायतले सम्बोधन गरेका थिए।

“आज स्थायी समिति बैठकलाई कसरी विधि र पद्धतिबाट निरनतरता दिन सकिन्छ भन्ने बारे अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपि शर्मा ओलीसँग छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ,” रावलले भने।

पार्टी फुटको संघारमा पुगेको प्रसंगमा नेता रावलले कुनै पनि हालतमा नेकपा नफुट्ने दाबी गरे।

“पार्टी क्षमतालाई प्रभावकारी बनाउने, पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्ने, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने गरी सरकार सञ्चालनमा भएका कमजोरीबारे असन्तुष्टि र त्यसको उचित समाधान खोज्नुपर्ने आवश्यक्ता छ तर पार्टी फुट्दैन,” रावलले स्पष्ट पारे।

सत्ता परिवर्तनका लागि नेकपाभित्र वादविवाद बढेको भनेर बाहिर नियोजितरूपमा हल्ला गर्ने काम भएको उनले बताए।

उनले भने, “स्थायी कमिटी बैठकमा सरकार परिवर्तनका लागि मात्रै नभएर समसामयिक राष्ट्रियस्तरका विषयमा कुरा गर्नुपर्ने पूर्वनिर्धारित अजेण्डा नै थियो। सरकार परिवर्तनको भ्रमले बैठक नै स्थगित गर्नु दुर्भाग्यपूर्ण हो।”

असार १० गते देखि सुरू भएको पार्टीको स्थायी कमिटीको बैठक अनिर्णयको बन्दी बनाइएकोमा नेता रावलले आपत्ति जनाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्