काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक गतिरोध केन्द्रीय कमिटी बैठक बोलाएर हल गर्नुपर्ने केन्द्रीय सदस्यहरूले बताएका छन्।
पार्टीको सचिवालयदेखि स्थायी कमिटी बैठकमा पनि हल नभएको अवस्थामा केन्द्रीय कमिटी सदस्यहरूले अब केन्द्रीय कमिटी बैठक बोलाएर हल गर्नुपर्ने आवाज उठाएका हुन्।
पार्टी केन्द्रीय कमिटी सदस्य ठाकुर गैरैले पार्टीको स्थायी कमिटी र त्यसअघि सचिवालय बैठकले पनि गतिरोध अन्त्य गराउनुको सट्टा पार्टी फुटको दिशामा लगेको भन्दै फुटबाट पार्टीलाई जोगाउन पनि केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको बताएका छन्।
“सचिवालय र स्थायी कमिटी बैठकले समस्या समाधान गर्न नसकेको अवस्थामा पार्टीलाई फुटबाट जोगाउन, पार्टी एकता गर्दाताकाको ‘स्पिरिट’ अनुसार पार्टी सञ्चालन गर्न र पार्टीमा जनवादको अभ्यास हुने निकाय केन्द्रीय कमिटी नै भएकोले त्यहाँ छलफल गरी समस्या समाधान गर्न बैठक माग गरेका हौं,” उनले देखापढीसँग भने।
पार्टी अध्यक्षद्वयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टी भित्रको विवादले आफूहरूलाई चिन्तित बनाएको र विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि-पद्धति बमोजिम समाधान गर्नुपर्ने केन्द्रीय कमिटी सदस्यहरूको ठहर छ।
उनीहरूले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन्।
पार्टीका अर्का केन्द्रीय कमिटी सदस्य टङ्क आङ्बुहाङले पार्टीको सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयहरू अन्ततः केन्द्रीय कमिटीले नै अनुमोदन गर्ने भएकाले पार्टीमा देखा परेका समस्याहरूको समाधान पनि जनवादी अभ्यासको आधारमा केन्द्रीय कमिटीले गर्नुपर्ने देखिएको बताए।
उनले समस्याको गाँठो केन्द्रीय कमिटी बैठकले खोल्नुपर्ने पनि बताए। नेकपाको केन्द्रीय कमिटी ४४४ जनाको रहेको छ।
केन्द्रीय कमिटीको एक चौथाइ सदस्यले बैठक माग गरेपछि ३० दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था पार्टीको विधानमा छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक गतिरोध केन्द्रीय कमिटी बैठक बोलाएर हल गर्नुपर्ने केन्द्रीय सदस्यहरूले बताएका छन्।पार्टीको सचिवालयदेखि स्थायी कमिटी बैठकमा पनि हल नभएको अवस्थामा केन्द्रीय कमिटी सदस्यहरूले अब केन्द्रीय कमिटी बैठक बोलाएर हल गर्नुपर्ने आवाज उठाएका हुन्।

">