काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएको छ।
आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरीत पद बाँड्ने काम गरेको भन्दै विरोध जनाएका हुन्। वरिष्ठ नेता पौडेलले आजै सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए।
तर पनि सभापति देउवाले आफूहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताए। उनले पारदर्शी ढंगले क्रियाशील सदस्यता वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दबाब दिने काम भएको आरोप पनि लगाए।
फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशील सदस्य बाँड्ने काम सभापति देउवाले गरेको पौडेलको आरोप छ। विदेशस्थित जनसम्पर्क समितिदेखि विभिन्न भ्रातृसंगठनमा पद वितरण गर्ने काम महाधिवेशनलाई प्रभावित गर्ने नियतले भएको पनि पौडेलले बताए।
विधान विपरीत भएका सबै क्रियाकलापलाई महाधिवेशनमा अजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह पनि गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएको छ।आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरीत पद बाँड्ने काम गरेको भन्दै विरोध जनाएका हुन्। वरिष्ठ नेता पौडेलले आजै सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए।

">