काठमाडौं। नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले कोरोना भाइरस संक्रमण र बाढी पहिरोका कारण देश संकटमा रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक तमासा गरेर दुई तिहाई मत दिने जनताको अपमान गरेको बताएका छन्।
देखापढीसँगको कुराकानीमा कांग्रेस सांसद रिजालले भने, “देश संकटमा छ, तर नेकपाभित्र सिंहासनमा को बस्ने भन्ने लडाइँ चलेको छ। देशमा बाढी, पहिरोले ठूलो मात्रामा धनजनको क्षती पुर्याइरहेको छ। कोरोना संक्रमण अझै बढ्ने देखिएको छ। सरकारको सम्पूर्ण ध्यान यसमा केन्द्रित गर्नुपर्ने वेला जनताले पत्याएका पार्टीका नेता सत्ताको खेलमा लागेका छन्। यो जनमतको अपमान हो।”
नेता रिजालले प्रमूख प्रतिपक्षी नेपाली कांग्रेस पनि जनताले दिएको जिम्मेवारी पूरा गर्न असफल रहेको स्वीकारे। “सत्ताधारी दल दुई तिहाई मत दिने जनताको अपमान गरिरहेको छ। हाम्रो पार्टीलाई पनि जनताले सरकारबाट गलत काम भए खबरदारी गर्नु है भनेर मत दिएका थिए। दूर्भाग्य भन्नुपर्छ, सरकारले काम गर्न नसकिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा व्यक्तिकेन्द्रित अभियानमा मस्त छन्।”
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेसनबाट पुनः सभापतिमा कसरी चुनिने भन्ने एकमात्र उद्देश्यमा लागेका छन्।
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलहरुले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई कमजोर बनाएको रिजालको आरोप थियो। देउवा १४औं महाधिवेसनबाट पुनः सभापतिमा कसरी चुनिने भन्ने एउटै उद्देश्यमामात्र लागेको उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनीलबहादुर थापालाई कांग्रेस भित्र्याउनु सही काम भए पनि गोविन्दराज जोशी र पुष्कर ओझालगायतका नेताहरुलाई पार्टीबाट निलम्बन गर्ने निर्णयमा रिजालले आपत्ति जनाए। “पूरै जीवन पार्टी निर्माणमा खर्चेकाहरुलाई निकाल्दा देउवा र पौडेलललाई कत्ति पनि दुखेन। सुनीलबहादुर थापा मेरा मित्र हुन्, हाम्रो पारिवारिक सम्बन्ध छ। थापा कांग्रेसमा आउनु राम्रो हो। स्वयं मैले दुई वर्षदेखि थापासँग यो विषयमा कुरा गर्दै आएको थिएँ,” रिजालले भने, “तर यहि वेला गोविन्दराज जोशी र पुस्कर ओझालगायतका नेताहरुलाई सानो गल्तीले पार्टीबाटै निकाल्नु उचित होइन। हिजो शेरबहादुर देउवालाई पनि पार्टीले निलम्बन गरेको थियो। त्यही पीडा अरुलाई दिएर देउवाले हिजोको आफ्नो पीडा कसरी विर्सन सक्छन् ?”
जोशी र ओझालगायतका नेताहरुले गलत गरेको भए पनि उनीहरुलाई नेता बनाउने वा नबनाउने निर्णय गर्ने अधिकार कार्यकर्तामा छोड्नुपर्ने रिजालको तर्क थियो। कांग्रेसको नेतृत्व क्षमा नदिने हुन सक्ने उनले जिकिर गरे।
नेकपा आन्तरिक लडाइँमा व्यस्त रहँदा राम्रा काम गरे आगामी निर्वाचनबाट फेरि सबभन्दा ठूलो पार्टी बन्न सक्ने सम्भावना कांग्रेससँग रहेको नेता रिजालको बुझाइ छ। तर शीर्ष नेताहरु महाधिवेसनबाट पद हासिल गर्नका लागि खटिएका छन्। जनताका लागि कांग्रेस नेतृत्वको खटाई नहुँदा जनताले मत नदिनसक्ने उनले आशंका गरे।
“अहिलेको अवस्थामा कांग्रेसको अगाडि पाकीसकेको फलको रुख छ। तर कांग्रेसले टिप्न सकेको छैन। देउवा बालुटार गएर प्रधानमन्त्रीलाई भेट्दा पनि समाचार बन्नै छोड्यो। कांग्रेसप्रति जनताको चासो घट्न थालेकोमा देउवा र पौडेललाई किन चिन्ता हुँदैन ?”
“अहिलेको अवस्थामा कांग्रेसको अगाडि पाकीसकेको फलको रुख छ। तर कांग्रेसले टिप्न सकेको छैन। देउवा बालुटार गएर प्रधानमन्त्रीलाई भेट्दा पनि समाचार बन्नै छोड्यो। कांग्रेसप्रति जनताको चासो घट्न थालेकोमा देउवा र पौडेललाई किन चिन्ता हुँदैन, ?” रिजालले भने, “यो विषय अब कांग्रेसको चासोको विषय बन्नु पर्छ। नेकपाको एउटा समूह र नेपाली कांग्रेस मिलेर नया सरकार गठन हुने त होइन भन्ने वाहिर चर्चा छ।”
दुई तिहाई बहुमत भएका कारण नेकपाले नचाहेसम्म वर्तमान सरकार कसैले ढाल्न नसक्ने रिजालले बताए। कांग्रेसले सरकार ढाल्न नसके पनि सरकारलाई काम गर्न खबरदारी गर्ने सक्ने र त्यो काममा सम्झौता गर्न नहुने उनले आफ्नै दलका नेताहरुलाई सुझाव दिए।
प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका मिचिएका भूभाग समेटेर नक्सा जारी गरेर राष्ट्रियताको लडाइँलाई नयाँ उचाईमा पुर्याएकामा रिजालले ऐक्यबद्धता जनाए। भने, “म प्रधानमन्त्रीको कडा आलोचकमध्ये एक हुँ। प्रधानमन्त्रीसँग थुप्रै मतभेद छन् तर ती मतभेद केवल हाम्रो सीमाभित्र मात्र हो। सीमाबाहिर प्रधानमन्त्री र म एकै देशका नागरिक हौं। एकै देशको माटोको लागि काम गर्छौं।”
नेपालीको राष्ट्रियता बलियो नहुँदा दुई ठूला छिमेकीले पत्याउन नसकिरहेको चर्चा गर्दै रिजालले यसमा सरकार, सत्तारुढ पार्टी, प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्षीहरुले साझा रुपमा बहस चलाउनु पर्नेमा जोड दिए।
" /> काठमाडौं। नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले कोरोना भाइरस संक्रमण र बाढी पहिरोका कारण देश संकटमा रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक तमासा गरेर दुई तिहाई मत दिने जनताको अपमान गरेको बताएका छन्।देखापढीसँगको कुराकानीमा कांग्रेस सांसद रिजालले भने, “देश संकटमा छ, तर नेकपाभित्र सिंहासनमा को बस्ने भन्ने लडाइँ चलेको छ। देशमा बाढी, पहिरोले ठूलो मात्रामा धनजनको क्षती पुर्याइरहेको छ। कोरोना संक्रमण अझै बढ्ने देखिएको छ। सरकारको सम्पूर्ण ध्यान यसमा केन्द्रित गर्नुपर्ने वेला जनताले पत्याएका पार्टीका नेता सत्ताको खेलमा लागेका छन्। यो जनमतको अपमान हो।”

">