मोदी अयोध्या आउने भएपछि सीमामा भारतले कडाई गर्यो
<p>काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि उत्तर प्रदेश प्रहरी र भारतीय सशस्त्र सीमा वल (एसएसबी)ले नेपालसँगको सीमा नाकामा कडाई गरेको छ।</p>
<p>भारतले नेपालसँगको सीमामा उच्च सतर्कता अपनाएको भारतीय अखबार टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।</p>
<p>भारतीय प्रधानमन्त्री मोदी साउन २१ गते अयोध्या आउँदैछन्। अयोध्यामा उनले राम मन्दिरको शिलन्यास गर्ने कार्यक्रम रहेको छ।</p>
<p>मुख्य सडक बाहिर पनि सीसी क्यामरा राखिएको भारतीय मिडियाले जनाएका छन्। तालिम प्राप्त कुकुर देखि विशेष सुरक्षा फोर्स खटाइएको छ। नेपालसँगको सीमा नाकामा मेटल डिटेक्टर जडान समेत गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्