बाग्लुङ।  नेपाली कांग्रेससामू क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ। विसं २०७४ को निर्वाचनमा पनि कांग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो।

निर्वाचन कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो। उपनिर्वाचनमा पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोका उम्मेद्वार खिमविक्रम शाही चुनावी मैदानमा छन्। कांग्रेसले अघिल्लो निर्वाचनमा पराजित शेरचनलाई पुनः उम्मेद्वार बनाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन (नेकपा) एमाले, नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो। विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको कांग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो।

२०७४ को निर्वाचनपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ। त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपनिर्वाचनसम्म आइपुग्दा दुईमा झरेको छ। नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपनिर्वाचनमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो।

उपनिर्वाचनमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। निर्वाचन जित्ने जिकिर भने दुवैतर्फका उम्मेद्वार र नेताको छ। नेपाली कांग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अर्थ्याउँछन्।

“पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता पर्‍यो होला”, सभापति थापाले भने, “उहाँहरूको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ।” कांग्रेसका उम्मेद्वार शेरचन अघिल्लो निर्वाचनपछि जनतामाझ घुलमिल भएकाले जित्नेमा विश्वस्त छन् । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिनँ”, उनले भने, “अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।”

उनले पहिले निर्वाचन जितेका दल र उम्मेद्वारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाए। पहिले निर्वाचन हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ। राजमोका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो निर्वाचनमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क छन्। उनले भने, “कांग्रेस जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि कांग्रेसकै थियो” उनले भने, “त्यो परिस्थितिमा त कांग्रेस ठूलो मतान्तरसहित चुनाव हार्‍यो, अहिले कसरी जित्छ? जित्दैन।”

तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेद्वारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ। उनले उम्मेद्वारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए।

सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । “उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन”, अध्यक्ष थापाले भने, “विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरूले पहल गर्नुहुनेछ।”

शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र)मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध थिए। गएको स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए। नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेद्वारी फिर्ता हुने बताएका थिए।

राजमोका उम्मेद्वार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए। “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो संगठन पनि विस्तार भएको छ”, उनले भने, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु।” उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे। अव्यवहारिक र महत्वकांक्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ।

को हुन् शाही र शेरचन?

राजमोका उम्मेद्वार शाही पार्टीका जिल्ला सदस्य हुन्। निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन्। उनी राजमोका पाका र विश्वासिला नेता मानिन्छन्। यस्तै नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका शेरचन विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध छन्।

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी संघको तर्फबाट २०६२ मा काठमाडौंस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए। कांग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिन्छन्। शेरचनलाई नेपाली कांग्रेसले दोस्रोपटक उम्मेद्वार बन्ने अवसर दिएको हो।

राजमो, नेपाली कांग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन्। अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेद्वारका रूपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। -रामबहादुर थापा/रासस

" /> बाग्लुङ।  नेपाली कांग्रेससामू क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ। विसं २०७४ को निर्वाचनमा पनि कांग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो।

"> उपनिर्वाचन २०७६: वाम तालमेल कांग्रेसलाई चुनौती  : Dekhapadhi
उपनिर्वाचन २०७६: वाम तालमेल कांग्रेसलाई चुनौती

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्