काठमाडौं। अल्मोडाका भारतीय जनता पार्टी (भाजपा)का सांसद अजय टम्टाले दुई देशबीचको घनिष्ट सम्बन्धलाई ध्यानमा राखी नेपाल र भारतबीचको सीमा समस्या छिट्टै सुल्झने बताएका छन्।
शुक्रबार केही भारतीय मिडियासँग कुराकानी गर्दै उनले यस्तो बताएको भारतीय समाचार संस्या प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले आफ्नो समाचार जनाएको छ।
टनकपुर सिमानामा नेपालले अतिक्रमण गरेको भन्ने विषयमा प्रतिक्रिया जनाउँदै टम्टाले सम्बन्धित सरकारी निकायले सीमा समस्या सुल्झाउन ध्यान दिएको र समस्या छिट्टै समाधान हुने आशा व्यक्त गरेका थिए।
“नेपालसँगको निकट परम्परागत सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रिय हितमा हुने गरी चाँडै सीमा समस्या समाधानको खोजी हुन्छ,” पूर्व केन्द्रीय मन्त्री समेत रहेका टम्टाले भने।
उनले भारतीय सम्बन्धित अधिकारीहरूबाट टनकपुरको जग्गा अवस्थाबारे जानकारी लिने समेत बताए।
टनकपुरमा जग्गा अतिक्रमण्मा गरेको समचार जुलाई २१ मा भारतीय मिडियमा प्रकाशित भएको थियो। त्यसपछि भारतीय मिडियाले नेपालले भारतीय जमिन अतिक्रमण गरेको भन्दै समाचार प्रकाशन भएपछि आज टम्टाले उक्त प्रतिक्रिया जनाएका हुन्।
" /> काठमाडौं। अल्मोडाका भारतीय जनता पार्टी (भाजपा)का सांसद अजय टम्टाले दुई देशबीचको घनिष्ट सम्बन्धलाई ध्यानमा राखी नेपाल र भारतबीचको सीमा समस्या छिट्टै सुल्झने बताएका छन्।शुक्रबार केही भारतीय मिडियासँग कुराकानी गर्दै उनले यस्तो बताएको भारतीय समाचार संस्या प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले आफ्नो समाचार जनाएको छ।

">