काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि मिच्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्शा सार्वजनिक गरेको विषयमा आपत्ति जनाउँदै सरकार गम्भीर नभएको आरोप लगाएका हुन्।
उनले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे।
उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्शाको विरोधमा परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारीको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नभएको देखिएको तर्क गरे।
साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टी नेपाली कांग्रेसले पहल गरिरहेको जनाए।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धी सबै समस्या समाधानका लागि कुटिल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
विगतका सरकारहरूले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
अध्यक्ष राणाले वर्षौंदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि मिच्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्।काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्शा सार्वजनिक गरेको विषयमा आपत्ति जनाउँदै सरकार गम्भीर नभएको आरोप लगाएका हुन्।

">