काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र जारी बहसले आन्तरिक एकता झनै सुदृढ गर्ने बताएका छन्। पार्टी टुटाउने-फुटाउने प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्नुपर्ने पनि उनले बताए। तर एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने उनको भनाइ थियो।
कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप गर्न छाडेर सल्टाउनतिर लाग्नुपर्ने बताए। पार्टी विभाजन हुनुहुँदै भन्ने जनचाहना नेतृत्वले बुझेको जनाउँदै दाहालले भने, æआम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस\ भन्ने छ, नेतृत्वको हैसियतले हामीले राम्रोसँग बुझेका छौँ। तर एकता अक्षुण्ण राख्ने नाममा विभिन्न विचार, प्रवृत्ति र मुद्दाहरूको बहस ढाकछोप हुने हुनुहुँदैन।’’
अध्यक्ष दाहालले समाचारहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको पनि दाबी गरे। उनले विधि र पद्धति पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको पनि बताए। उनले भने, æपटक-पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो। अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्। त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन।’’
" /> काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र जारी बहसले आन्तरिक एकता झनै सुदृढ गर्ने बताएका छन्। पार्टी टुटाउने-फुटाउने प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्नुपर्ने पनि उनले बताए। तर एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने उनको भनाइ थियो।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप गर्न छाडेर सल्टाउनतिर लाग्नुपर्ने बताए। पार्टी विभाजन हुनुहुँदै भन्ने जनचाहना नेतृत्वले बुझेको जनाउँदै दाहालले भने, æआम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस\ भन्ने छ, नेतृत्वको हैसियतले हामीले राम्रोसँग बुझेका छौँ। तर एकता अक्षुण्ण राख्ने नाममा विभिन्न विचार, प्रवृत्ति र मुद्दाहरूको बहस ढाकछोप हुने हुनुहुँदैन।’’

">