पार्टीभित्र पार्टीका नेता/कार्यकर्ताहरूलाई विभिन्न प्रकारका विषयहरूमा प्रस्ताव राख्ने छुट हुन्छ। तर, पार्टीले के निर्णय गर्ने भन्ने कुरा दोस्रो प्रश्न हो। जति पनि माग र प्रस्तावहरू आउँछन्, ती प्रस्तावहरू पास नै हुन्छन् भन्ने हुँदैन।
हामीले के बुझ्नुपर्छ भने विगतमा पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली रहने, नयाँ निर्णयहरू सहमतिबाट गर्ने र महाधिवेशन पनि सहमतिबाट नै गर्ने निर्णय गरिसकेका छौं। पार्टी एकता गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो। पछिल्लो चरणमा आइसकेपछि पार्टीभित्र विवाद जन्मिरहेको छ।
यद्यपी सरकारको काम कारवाही, पार्टी एकताको अधुरा काम पूरा गर्ने र पार्टीलाई प्रभावकारी बनाउने, राष्ट्रिय अखण्डता, विकास र समृद्धि, विचार र राजनीति, योजना र कार्यक्रम सँगसँगै कोरोना भाइरसले पारेको प्रभावलाई कसरी निस्तेज पार्ने लगायतका सीमा विवाद, आफ्नो भू-भाग फिर्ता गर्न नक्सा प्रकाशन गरिसकेका छौं।
अहिले देशमा तीब्र रूपमा बाढीपहिरोले जनतालाई ठूलो नोक्सान पुर्याएको छ। जनताका उपभोग्य आपूर्तिका समस्याहरू छन्। किसानका मलबीउका समस्या छन्। त्यति हुँदाहुँदै पनि पार्टीभित्र यी विषयहरू गौण बनेका छन्। स्थायी कमिटीमा र सचिवालयमा अजेण्डाभन्दा बाहिरका विषयहरूमा बहस गरिरहेका छौं।
६०/४० को स्थिति छ, आ-आफ्नै पार्टीमा फर्किने मान्यता राखेर हुन्छ अहिले ? त्यो चिन्तनले सबैभन्दा ठूलो नोक्सान पूर्वमाओवादीलाई हुन्छ। किनभने माओवादीसँग बहुमत हुँदैन। अहिले बहुमत र अल्पमतको मान्यता राख्नु नै हुँदैन। पार्टी एकता गर्दा अल्पमत र बहुमतमा जानु हुन्न भने सहमति नै भएको थियो। एउटा गुट समातेर वा अर्को गुटमा गएर बहुमत पुर्याइदिन्छु भन्ने हाम्रो मूल्य मान्यता र नीतिले नै दिँदैन।
जेठ २ र नेकपा सचिवालयमा मंसिर ४ मा भएको सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वलाई मिलाउन यसअघि भएका सहमतिलाई नै आधार बनाएर निर्क्योल गर्नुपर्छ। यदि विवाद मिलाउन सकेनौं भने महाधिवेशनमा जानुपर्छ। हामीसँग यही विकल्पहरू छन्। भित्र गम्भीर रूपमा छलफल भइसकेको छ।
र, अहिले एकप्रकारले अन्तरविरोध र संघर्षको उत्कर्षमा पुगिसकेका छौं। अहिले शान्ति जस्तो भएको छ, युद्धविरामजस्तो भनौं। यसले के पनि देखिन्छ भने आँधिबेहरी आउनुअघिको सन्नाटा जस्तो हुनसक्छ, ठूलो क्षतविक्षत पनि पार्न सक्छ अथवा सहमति बन्ने वातावरण पनि बन्न सक्छ।
सहमति र असहमतिको दोधारबाट अहिले नेकपा गुज्रिरहेको छ। मलाई व्यक्तिगत रूपमा के विश्वास छ भने हामीले धेरै संघर्ष गर्यो। उत्कर्षमा गएर संघर्ष गर्यो। अब निकासबाहेक अर्को विकल्प छैन। पार्टीमा देखिएको विवाद मिल्ने दिशामा अघि बढेको छ। केही समस्या र अप्ठ्याराहरू त छन्, अझै पनि। तर, म फेरि भन्छु, मिल्नुको विकल्प छैन।
नेकपाले नेपालको राजनीतिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको छ। २४० वर्षे राणा जहानियाँ शासन ढालेर राजनीतिक व्यवस्था परिवर्तन गर्दै यहाँसम्म आइपुगेका छौं। अहिलेको यो पिढीँले गर्व गर्नुपर्ने हो। हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरू मिलाएर, बुलेटबाट होइन, ब्यालेटबाट पनि, आफ्नो विपक्षीहरूलाई दुई तिहाईको सरकार दिलायौं।
नेपालमा मात्र नभई संसारका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूलाई सन्देश दिन सफल भएका छौं। विश्वको लागि नमूना बनेको छ। त्यसकारण, कम्युनिष्टको यो शक्तिलाई अहिले समाप्त पार्न देशीविदेशी शक्ति लागिपरेको छ। नेकपाको अन्तरविरोध र संघर्ष छ, विश्वभरिका शक्ति केन्द्रहरूको पनि हात छ कि यसलाई कसरी फुटाउने, कसरी बर्बाद गर्ने।
अब यस्तो बेलामा पूर्वएमाले र पूर्वमाओवादी मिलेर नेकपा बनिसकेपछि कोही एमाले तिर फर्किने अनि कोही माओवादीतिर फर्किने। कोही ओली गुटमा फर्किने कोही प्रचण्ड गुटमा फर्किने। यस्तो गर्न थाल्यौं भने के हुन्छ ? यस्तो प्रकारको पछि हटाई पश्चगमनतिर गयो भने के हुन्छ ? एकताको औचित्य समाप्त हुन्छ। यो सग्लो पार्टी रहँदैन।
अब नेकपा बनिसक्यौं। एउटा नेतालाई समातेर एउटा गुटमा लागेर हुँदैन। पश्चगमनतिर होइन, अग्रगमनतिर जाने हो। एकताबद्ध भएर जाने हो। गुट उपगुटमा लाग्ने होइन। त्यसकारणले जुन प्रकारले पार्टीमा अस्वस्थ प्रकारको अन्तरविरोध भएको छ, यसलाई रोक्नुपर्छ र एकताबद्ध गर्नुपर्छ।
हिजो जुन समूहबाट आए पनि, जुट गुटबाट आए पनि जसका जे गल्ती हुन् त्यसलाई हामीले स्वीकार्नुपर्दछ। करेक्सन गर्नुपर्छ। राम्रा पक्षलाई सम्मान गर्नुपर्छ भन्दा यो कुनै गलत हुन्छ ?
आज नेकपाको कार्यकर्ता र शुभचिन्तकले भनेका छन् तपाईंहरू नफुट्नुस्, विभाजित नहुनुस् भनेर। एउटा गुट समातेर पार्टीलाई विभाजनतिर नलैजानुस् भनिरहेका छन्। किनभने यो पार्टी फुट्यो भने यसले नेकपालाई मात्र असर गर्दैन, परिवर्तनका मुद्दालाई पनि कमजोर पार्नेवाला छ।
त्यसैले यो पार्टीलाई बचाउन हामी लागिपरेका छौं। बीचमा बसेर राम्रा-नराम्रा पक्षलाई केलाएर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने मान्यता ल्याएका छौं। शुरूमा थोरै थियौं, अहिले राष्ट्रव्यापी रूपमा यो माहोल बढेर गएको छ।
मुख्य नेताहरूलाई गम्भीर रूपमा सुन्ने र अध्ययन गर्ने र ठन्डा दिमागले सोचर पार्टीलाई एकताबद्ध गर्नको लागि ध्यान केन्द्रित गरेको छ। पार्टी विभाजनको दिशामा अघि बढिरहँदा कुनै पूर्वगुटमा फर्कँदा गलत हुन्छ जस्तो मलाई लाग्छ।
म एउटा कुनै गुटमा थिइन र छैन भने अर्को गुटमा लाग्ने कुरा भएन। म गुटको मान्यतालाई नै मान्दिनँ। म त पार्टीको एकता चाहन्छु। जसले यो वा त्यो गुट भन्छ, त्यसको पश्चगामी सोच हो, उनीहरूले पार्टी विभाजन गर्न चाहिरहेका छन् भन्ने पुष्टि हुन्छ। इमान्दार होलान्। तर, इमान्दार मात्र भएर हुँदैन, उनले बोकेको विचार, सोच, चिन्तन, दृष्टिकोण र कार्यशैलीले र व्यवहारले पार्टीको विभाजनतिर लैजान्छ भन्ने लागेको छ।
सरकारले नराम्रो काम मात्रै गरेको छ भन्ने होइन, केही राम्रा काम पनि गरेको छ। यसको समीक्षा गर्नुपर्छ। केपी ओली जीले भनिरहनुभएको छ, राम्रो कामको प्रचार भएन, नराम्रो कामको आलोचना गर्नुस् भन्नुभएकै छ। केपी ओलीबाट यो काम भएन अथवा यो काम गलत भयो। यहाँ पुगेन यो पुगेन भनेर म यो काम गर्छु भन्ने प्रस्ताव र अजेण्डा ल्याउन सक्नुपर्यो नि। त्यसकारण अजेण्डामा केन्द्रित हुनुपर्छ। राम्रा कामलाई नराम्रो भनेर प्रचार गर्नु भएन।
माधव नेपाल जी, झलनाथ खनाल जीहरू प्रचण्डलाई साथ दिन्छन् भने पूर्वमाओवादीका मान्छेहरू चाहिँ पूर्वएमालेलाई साथ दिन गयो भने आश्चर्य मान्नुपर्छ र ? कि त पूर्वएमालेले पनि माओवादीलाई साथ दिन्न भन्नुपर्यो नी उहाँहरूले। पूर्वएमाले वा पूर्वमाओवादीतिर फर्किनुस् भन्यो भने के हुन्छ स्थिति ?
६०/४० को स्थिति छ, आ-आफ्नै पार्टीमा फर्किने मान्यता राखेर हुन्छ अहिले ? त्यो चिन्तनले सबैभन्दा ठूलो नोक्सान पूर्वमाओवादीलाई हुन्छ। किनभने माओवादीसँग बहुमत हुँदैन। अहिले बहुमत र अल्पमतको मान्यता राख्नु नै हुँदैन। पार्टी एकता गर्दा अल्पमत र बहुमतमा जानु हुन्न भने सहमति नै भएको थियो।
एउटा गुट समातेर वा अर्को गुटमा गएर बहुमत पुर्याइदिन्छु भन्ने हाम्रो मूल्य मान्यता र नीतिले नै दिँदैन। पार्टी एकताको मान्यताले नै दिँदैन। त्यसैले बहुमत र अल्पमतको खेलमा नलागौं।
पद र प्रतिष्ठामा धेरै केन्द्रित नहोऊँ, पद प्राप्ति गर्ने ठूलो कुरा होइन। राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी छ। अहिले पद जसले छोड्न चाहन्छन् त्यो महान् नेता हुन्छन्।
प्रधानमन्त्री भइसकेका, पार्टी अध्यक्ष भइसकेका नेताले त्यही प्रधानमन्त्री पद प्राप्त गर्न किन बल गर्नुपर्यो भन्ने छ हाम्रो। जो साथीहरू पदको आकांक्षी हुनुहुन्छ भने उहाँहरूले त्यतातिर बल नगर्नुस्।
नेकपाको लडाईंलाई जनताले पद प्रतिष्ठाको लडाईं भनेर बुझेका छन्। नेता त्यसै हुन पाइन्छ ? पार्टीभित्र देखिएको अन्तरविरोध र संघर्षको समाधान दिनुपर्छ। नेता भनेको अन्तरविरोधको हल हो। समाजमा र पार्टीमा अन्तरविरोध त भइरहन्छ। त्यसको हल दिन सके पो नेता हुन्छन्। हल दिन नसकेपछि नैतिक जिम्मेवारी पनि लिनुपर्छ।
बाहिर चर्चा नभएपनि दुईपक्षीय, त्रिपक्षीय छलफल भइरहेका छन्। अहिले सन्नाटा जस्तो भएपनि भित्रभित्रै छलफल चलिराखेका छन्। एकताका प्रयास भइरहेका छन्। अन्तरविरोध हल गर्नेबारे छलफलमा जुटेका छौं। माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र ओली जी सबै चिन्तित हुनुहुन्छ। हामीले चील बनेर हेर्नुपर्ने बेलामा कुखुरा जस्तो भएका छौं। तल खोस्रने कुखुरा हुनु भएन। कुखुरा होइन, हामी चील हौं भनेर सावित गर्नुछ।
सरकारले नराम्रो काम मात्रै गरेको छ भन्ने होइन, केही राम्रा काम पनि गरेको छ। यसको समीक्षा गर्नुपर्छ। केपी ओली जीले भनिरहनुभएको छ, राम्रो कामको प्रचार भएन, नराम्रो कामको आलोचना गर्नुस् भन्नुभएकै छ। केपी ओलीबाट यो काम भएन अथवा यो काम गलत भयो। यहाँ पुगेन यो पुगेन भनेर म यो काम गर्छु भन्ने प्रस्ताव र अजेण्डा ल्याउन सक्नुपर्यो नि।
त्यसकारण अजेण्डामा केन्द्रित हुनुपर्छ। राम्रा कामलाई नराम्रो भनेर प्रचार गर्नु भएन। बहस र छलफल गर्दा पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्छ।
बाहिर चर्चा नभएपनि दुईपक्षीय, त्रिपक्षीय छलफल भइरहेका छन्। अहिले सन्नाटा जस्तो भएपनि भित्रभित्रै छलफल चलिराखेका छन्। एकताका प्रयास भइरहेका छन्। अन्तरविरोध हल गर्नेबारे छलफलमा जुटेका छौं।
मैले बुझे अनुसार माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र ओली जी सबै चिन्तित हुनुहुन्छ। पार्टी एकता बचाउने मामलामा सबै सचेत हुनैपर्छ, हुनुपर्छ।
हामीले चील बनेर हेर्नुपर्ने बेलामा कुखुरा जस्तो भएका छौं। तल खोस्रने कुखुरा हुनु भएन। कुखुरा होइन, हामी चील हौं भनेर सावित गर्नुछ।
(देखापढीका लागि विनय कुमारसँगको कुराकानीमा आधारित)
" /> पार्टीभित्र पार्टीका नेता/कार्यकर्ताहरूलाई विभिन्न प्रकारका विषयहरूमा प्रस्ताव राख्ने छुट हुन्छ। तर, पार्टीले के निर्णय गर्ने भन्ने कुरा दोस्रो प्रश्न हो। जति पनि माग र प्रस्तावहरू आउँछन्, ती प्रस्तावहरू पास नै हुन्छन् भन्ने हुँदैन।

">