पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उनले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने बताएका हुन्।
राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए। जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको पनि बताए।
प्रदेश प्रमुख सचिव विष्णु नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा राखे। सरकारको सफलताका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे।
" /> पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा उनले सरकारका नीति गत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने बताएका हुन्।राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताउँदै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए। जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको पनि बताए।
प्रदेश प्रमुख सचिव विष्णु नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा राखे। सरकारको सफलताका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारितालाई आत्मसात गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे।
">