काठमाडौं। नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
पार्टीको आन्तरिक विवाद समाधानको लागि भएको आजको भेटवार्ताले समाधानको कुनै निकास भने ननिकालेको बताइएको छ।
बालुवाटार स्रोतका अनुसार आपसी छलफललाई निरन्तरता दिने सहमतिका साथ आजको भेटवार्ता सकिएको छ।
"केही सहमति भएको त बाहिर आएको छैन। पुन: भेटघाट गर्ने भन्दै उहाँहरू उठ्नुभयो", स्रोतले भन्यो।
आजको छलफलमा अध्यक्षद्वयसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए।
१० असारबाट शुरू नेकपा स्थायी कमिटी बैठक प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अवरुद्ध हुँदै आएको छ।
पछिल्लो समय बढेको दुई अध्यक्षबीचको दूरी अन्त्यका लागि नेतृत्वबीच निरन्तर भेटघाट र छलफल भइरहेका छन्।
" /> काठमाडौं। नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।पार्टीको आन्तरिक विवाद समाधानको लागि भएको आजको भेटवार्ताले समाधानको कुनै निकास भने ननिकालेको बताइएको छ।

">