काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
भैंसेपाटीमा दाहाल-गौतमबीच आज बिहान करिब एक घण्टा छलफल भएको हो। पार्टीमा आन्तरिक विवाद समाधान र गतिरोध टुंग्याउने विषयमा छलफल केन्द्रित भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले देखापढीलाई बताए।
दाहाल-गौतम भेटवार्तालाई महत्वका साथ हेरिएको छ। १३ साउनमा गौतमले पार्टीभित्रको विवाद तत्काल रोक्नका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ।
उपाध्यक्ष गौतमले गरेको प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र आगामी निर्वाचनसम्म प्रधानमन्त्री दुवै पदमा कायम रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ।
प्रस्तावसँगै वामदेवले प्रधानमन्त्री ओलीलाई साथ दिएको बाहिर आइरहेको बेला आफ्नो पक्षमा फर्काउन दाहालले प्रयास गरेको चर्चा चलेको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन्।भैंसेपाटीमा दाहाल-गौतमबीच आज बिहान करिब एक घण्टा छलफल भएको हो। पार्टीमा आन्तरिक विवाद समाधान र गतिरोध टुंग्याउने विषयमा छलफल केन्द्रित भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले देखापढीलाई बताए।

">