काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सुल्झाउन नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ।
दुई अध्यक्षबीचको छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका छन्।
“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजको भेटवार्ता सुरु भएको छ। साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली र दाहालबीचको हिजो पनि बालुवाटारमा छलफल भएको थियो। तरऽ छलफल भने बिना निस्कर्ष टुंगिएको थियो।
अध्यक्ष दाहालले आजै नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भैँसेपाटीथित उनकै निवासमा गएर भेटेका थिए।
असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दाहाल समूहले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।
त्यसपछि दुई अध्यक्षबीच पटक-पटक आन्तरिक विवाद सुल्झाउन भेटवार्ता गरे पनि समाधान निकाल्न सकेका छैनन्।
यसैबीच आज पनि दुई अध्यक्ष छलफलमा बसेका हुन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सुल्झाउन नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ।दुई अध्यक्षबीचको छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका छन्।

">