लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलिदानबाट एकतामा रुपान्तरण भएको पार्टी टुटफुट नहुने दाबी गरेका छन्।
लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताएका हुन्।
आन्तरिक विवाद सामान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे।
नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनकाे भनाइ छ। रासस
" /> लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलिदानबाट एकतामा रुपान्तरण भएको पार्टी टुटफुट नहुने दाबी गरेका छन्।लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताएका हुन्।

">