काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरूको बीचमा आरोप प्रत्यारोप बढ्दै गएको छ।
यसैबीच शेरबहादुर देउवा निकट मानिएका नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमिति रहेसम्म कांग्रेसको अवस्थामा सुधार आउन नसक्ने बताएका छन्।
सभापति देउवामाथि एकोहोरो आरोप लगाएर कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति पन्छिन नमिल्ने महरले बताए।
“पार्टीको १४औं महाधिवेशन नजिकिँदैछ। नेताहरूले आफूलाई अब्बल उम्मेदवार बन्न योग्य छु भनेर घोषणा गरिरहेका छन्। तर पार्टी सभापति बन्न चाहिने योग्यता भएको व्यक्ति अहिलेसम्म अगाडि देखिएको छैन,” आज देखापढीसँग कुरा गर्दै कांग्रेस युवा नेता महरले भने।
देउवालाई गुटको राजनीति गर्यो भन्नेहरू नै गुटगत राजनीति गर्न सक्रिय रहेको आरोप महरको छ ।
नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको अवस्थामा समेत प्रमुख प्रतिपक्षी दलले पर्याप्त दबाब दिन नसकेको भन्दै महरले कांग्रेस सुस्ताएकै कारण सरकारको रवैया बढेको बताए।
" /> काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरूको बीचमा आरोप प्रत्यारोप बढ्दै गएको छ।यसैबीच शेरबहादुर देउवा निकट मानिएका नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमिति रहेसम्म कांग्रेसको अवस्थामा सुधार आउन नसक्ने बताएका छन्।

">