काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले दुई अध्यक्षले पार्टीलाई निजी सम्पत्तिको रूपमा लिएर त्यहीअनुरूप गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

देखापढीसँग कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य पाण्डेले पार्टीका बाँकी नेता र कार्यकर्तालाई दुवै अध्यक्षले धितो राखेर सम्झौता गर्न नमिल्ने बताए।

“यो पार्टीमा लाखौं कार्यकर्ताको योगदान छ। धेरैले ज्यान गुमाएर बनाएको पार्टी हो यो। लाखौं नेता कार्यकर्ताको दशकाैंदेखिको त्याग र संघर्षले बनेको नेकपा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको निजी सम्पत्ति जस्तो बनाइएको छ। यो मान्य हुने छैन,” नेता पाण्डेले भने।

पार्टी एकीकरण गर्ने क्रममा २०७५ जेठ २ गते दुवै अध्यक्षले गरेका सहमति पार्टीका अरू नेतालाई थाहा नभएकोले त्यसको वैधानिकता नहुने पाण्डेको तर्क छ। पाण्डेले पार्टीमा विद्यमान विभिन्न तह र तप्कामा छलफल गरेर मात्र सहमति गरिनुपर्नेमा जोड दिए।

“त्यसरी गरिएका सहमति कार्यान्वयन गर्न सजिलो हुन्छ। दुई अध्यक्षको मन मिल्दा सहमति गर्ने, अनि कुरा बिग्रँदा अरू नेताको साथ खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” नेता पाण्डेले भने, “पार्टी विधि विधानअनुसार चलेको छैन। त्यसैले पार्टीभित्र असमझदारी बढेको हो। नेकपा पनि कांग्रेसकै पथमा हिँडिरहेको छ। पार्टीभित्र बेथिति हुँदा कांग्रेस जसरी छरपष्ट भएर जाँदैछ, नेकपा पनि अहिले त्यही बाटोमा छ। यो चिन्ताको विषय हो, लाखौं नेता-कार्यकर्ताको सपनामाथि पानी खन्याउने काम नेतृत्वबाट भइरहेको छ।”

सत्ताधारी दल नेकपाको वर्तमान समस्या समाधानका लागि नेता पाण्डेले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अग्रसर हुनुपर्ने बताए। प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने पाण्डेको भनाइ थियो।

“पार्टी र सरकारको नेतृत्व एकैजनाले गर्दा दुवै जिम्मेवारी प्रभावकारी हुन सकिरहेको छैन। त्यसकारण नेकपाबारे आमजनतामा नराम्रो सन्देश गएको छ। त्यसैले पार्टीको साख जोगाउन नयाँ ढंगले काम गर्ने गरी अर्का अध्यक्ष प्रचण्डलाई विगतमा भएको सहमतिअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपर्छ,” पाण्डेले भने।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले दुई अध्यक्षले पार्टीलाई निजी सम्पत्तिको रूपमा लिएर त्यहीअनुरूप गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

देखापढीसँग कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य पाण्डेले पार्टीका बाँकी नेता र कार्यकर्तालाई दुवै अध्यक्षले धितो राखेर सम्झौता गर्न नमिल्ने बताए।

“यो पार्टीमा लाखौं कार्यकर्ताको योगदान छ। धेरैले ज्यान गुमाएर बनाएको पार्टी हो यो। लाखौं नेता कार्यकर्ताको दशकाैंदेखिको त्याग र संघर्षले बनेको नेकपा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको निजी सम्पत्ति जस्तो बनाइएको छ। यो मान्य हुने छैन,” नेता पाण्डेले भने।

पार्टी एकीकरण गर्ने क्रममा २०७५ जेठ २ गते दुवै अध्यक्षले गरेका सहमति पार्टीका अरू नेतालाई थाहा नभएकोले त्यसको वैधानिकता नहुने पाण्डेको तर्क छ। पाण्डेले पार्टीमा विद्यमान विभिन्न तह र तप्कामा छलफल गरेर मात्र सहमति गरिनुपर्नेमा जोड दिए।

“त्यसरी गरिएका सहमति कार्यान्वयन गर्न सजिलो हुन्छ। दुई अध्यक्षको मन मिल्दा सहमति गर्ने, अनि कुरा बिग्रँदा अरू नेताको साथ खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” नेता पाण्डेले भने, “पार्टी विधि विधानअनुसार चलेको छैन। त्यसैले पार्टीभित्र असमझदारी बढेको हो। नेकपा पनि कांग्रेसकै पथमा हिँडिरहेको छ। पार्टीभित्र बेथिति हुँदा कांग्रेस जसरी छरपष्ट भएर जाँदैछ, नेकपा पनि अहिले त्यही बाटोमा छ। यो चिन्ताको विषय हो, लाखौं नेता-कार्यकर्ताको सपनामाथि पानी खन्याउने काम नेतृत्वबाट भइरहेको छ।”

सत्ताधारी दल नेकपाको वर्तमान समस्या समाधानका लागि नेता पाण्डेले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अग्रसर हुनुपर्ने बताए। प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने पाण्डेको भनाइ थियो।

“पार्टी र सरकारको नेतृत्व एकैजनाले गर्दा दुवै जिम्मेवारी प्रभावकारी हुन सकिरहेको छैन। त्यसकारण नेकपाबारे आमजनतामा नराम्रो सन्देश गएको छ। त्यसैले पार्टीको साख जोगाउन नयाँ ढंगले काम गर्ने गरी अर्का अध्यक्ष प्रचण्डलाई विगतमा भएको सहमतिअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपर्छ,” पाण्डेले भने।

"> नेकपा दुई अध्यक्षको निजी सम्पत्ति होइन : सुरेन्द्र पाण्डे: Dekhapadhi
नेकपा दुई अध्यक्षको निजी सम्पत्ति होइन : सुरेन्द्र पाण्डे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्