सरकारले केही गरेन भन्नु गलत हो: मुख्यमन्त्री पोखरेल
काठमाडाैं। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताएका छन्।

दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताए।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गरे।

दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उनले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्