ताप्लेजुङ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रूपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताएका छन्।
नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उनले बताए।
नेपाल प्रेस सङ्गठन, ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी गरे। यस्तै पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको र सीमा मिच्न नदिने उनको भनाइ छ।
मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सहयोग जुटाउने कार्यमा वर्तमान सरकार लागिपरेको उनले बताए।
नेता श्रेष्ठ जिल्लास्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ पुगेका हुन्। –रासस