काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच क्रियाशील सदस्यता छानविन समिति समावेशी ढङ्गले गठन गर्ने समझदारी भएको छ।
स्थानीय तहले वितरण गर्दै आएको क्रियाशील सदस्यताबारे स्वतन्त्र र निष्पक्ष ढङ्गले छानविन गर्न समावेशी ढङ्गले समिति बनाउन दुई नेताबीच समझदारी भएको हो।
“पार्टीको स्थानीय तहले वितरण गर्ने क्रियाशील सदस्यताबारे परेको उजुरीको छानविन गर्न समिति बनाउन लागिएको छ र समिति चाहिँ समावेशी बनाउने गरी दुई नेताबीच कुराकानी भयो,” पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले देखापढीसँग भने।
सोही अवसरमा नेता पौडेलले पार्टी मातहतको विभागहरू गठन रोक्न सभापति देउवासँग माग गरेका छन्। देउवाले भने सबैको सल्लाहबाट विभाग गठन गर्ने भन्दाभन्दै ढिलाइ भएको बताएका थिए। अब भने विभागहरू गठन गर्नुपर्ने आवश्यकता भएकाले पौडेललाई आफ्नो पक्षबाट नाम दिन देउवाले आग्रह पनि गरेका थिए।
नेता पौडेल देउवालाई भेट्न आज दिउँसो बुढानिलकण्ठ पुगेका थिए।