कोरोनाले थलिएका उद्योगको अध्ययन गर्न पूर्व सचिवको संयोजकत्वमा समिति गठन (यस्ता छन् मन्त्रिपरिषद्का निर्णय)

काठमाडौं। सरकारले कोरोनाले थलिएका उद्योगको पुनरुत्थानका लागि आवश्यक अध्ययन गर्न पूर्व सचिव दिपक सुवेदीको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिमा सुवीदी सहित ६ सदस्य रहने छन्।

“कोरोनासँगै अन्य कति पय कारणले उद्योगहरू बन्द छन्। ती उद्योगहरूलाई सञ्चालन गर्न या व्यवस्थापन हस्तान्तरण गर्न सकिन्छ, कसरी तिनिहरूको पुनरुत्थान गर्न सकिन्छ भन्ने सन्दर्भमा अध्ययन गरी प्रतिवेदन दिनका लागि पूर्व सचिव दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ,’ बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भने।

ट्रन्क लाइन र डेडिकेटेड फिडहरूको माध्यमबाट विद्युत आपुर्तिको सन्दर्भमा विद्ययुत प्राधिकरण र विद्युत उपयोगतकर्ता बीचको लामो विवाद चलिरहेको उनले बताए। यस विषयमा अदालतबाट फैसलाहरू भएको स्मरण गर्दै उनले यस सम्बन्धी विवाद सुल्झाउन गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्र्न मन्त्रिपरिषद्ले निर्देशन दिइएको उनले बताए।

मन्त्रिापरिषद्को बैठकले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको मापदण्ड स्विकृत गरेको उनले जानकारी दिए।

स्याङ्जाको अर्जुन चौपारी गाउँ पालिकाको प्रशासकीय भवन बनाउन ३० वर्षे दिर्घकालिन लिजमा जमिन उपलब्ध गराउने निर्णय भएको उनले बताए।

विभिन्न क्षेत्रमा आयोजना कार्यन्वयन गर्न अस्थायी रूपमा ५२ जना राजपत्राङ्कित अधिकृतहरूको दरबन्दी स्विकृत गर्ने निर्णय भएको उनले सुनाए।

मन्त्रिपरिषद्ले सहसचिव विर बहादुर राई विशिष्ट श्रेणीको सचिवमा बढुवा गरेको छ। यस्तै, स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीालाई नियुक्त गर्ने निर्णय भएको जानकारी उनले दिए।

मन्त्रिपरिषद्को बैठकले वैयक्तिक गोपनियता सम्बन्धी नियमावली २०७७ प्रस्ताव पनि स्विकृत गरेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्