बेरुत विस्फोटप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त <p>देखापढी।&nbsp;राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानको राजधानी बेरुतस्थीत बन्दरगाहमा मंगलबार ठूलो जनधनको क्षति हुने गरी भएको बिस्फोटको घटनाप्रति दु:ख व्यक्त गरेकी छन्।</p> <p>लेबनानका राष्ट्रपति मिशेल अउनलाई एक शोक सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेकी हुन्।&nbsp;मंगलबार बेरुतको बन्दरगाहमा भएको शत्तिशाली बिस्फोटमा परी १३५ जनाको मृत्यु भएको थियो भने ५ हजार भन्दा बढी घाइते भएका थिए।</p> <p>सन्देशमा उनले दु:खद खडीमा राष्ट्रपति, शोक सन्तप्त परिवारका सदस्यहरू&nbsp;साथै लेबनान सरकार र जनताप्रति हार्दिक सम्वेदना, गहिरो सहानुभूति&nbsp;प्रकट गरेकी छन्।</p> <p>सन्देशमा उनले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेकी छन्। उनले जारी उद्धार प्रयास सफल हुने र अवस्था छिट्टै सामान्य हुनेमा विश्वास समेत व्यक्त गरेकी छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्