काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा वैचारिक र पार्टीको आगामी कार्यभारमाथि छलफल सुरु भएको छ।
पार्टीका एक जना अध्यक्ष उपेन्द्र यादवले बिहीबार पार्टीको आगामी कार्यभार सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन्। वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको वैचारिक सवालबारे प्रतिवेदन प्रस्तुत गरे।
शुक्रबारदेखि भने अध्यक्ष यादव र वरिष्ठ नेता भट्टराईले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल प्रारम्भ हुने नेता महेन्द्र राय यादवले बताए।
छलफलको क्रममा नेताहरूको व्यक्त धारणाको आधारमा प्रतिवेदन संशोधन गरेर पारित गरिनेछ। पार्टी समायोजन, आचारसंहीता, नेताहरूको कार्य विभाजन, पदाधिकारी चयन लगायत विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।
बुधबारदेखि जसपाको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ।
बैठक साउन २६ गतेसम्म हुनेछ। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बैशाख १० गते राति एकता भएपछिको यो पहिलो कार्यकारिणी समितिको बैठक हो।
" /> काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा वैचारिक र पार्टीको आगामी कार्यभारमाथि छलफल सुरु भएको छ।पार्टीका एक जना अध्यक्ष उपेन्द्र यादवले बिहीबार पार्टीको आगामी कार्यभार सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन्। वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको वैचारिक सवालबारे प्रतिवेदन प्रस्तुत गरे।

">