प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधसभा र प्रदेशसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन गर्दैछ।

१४ मंसीरमा हुने प्रतिनिधिसभाको एक र प्रदेशसभाका गरी चार निर्वाचन क्षेत्रको लागि निर्वाचन आयोगले २१ कात्तिकमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गराएको थियो।

आयोगका अनुसार रिक्त रहेका चार पदमा ६५ जनाको उम्मेद्‍वारी परेको छ।

प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की-२ मा स्वतन्त्रसहित २२ जनाको उम्मेद्वारी परेको छ।

त्यसैगरी प्रदेशसभाका तीन क्षेत्रमा ४३ जनाको उम्मेद्वारी परेको छ।

२२ कात्तिकमा आयोगले मनोनयन परेका उम्मेद्वारविरुद्ध उजुरी दिने समय निर्धारण गरेको थियो।

सोही दिन आयोगले उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।

आयोगको कार्यतालिकामा आज उम्मेद्वारले नाम फिर्ता लिने समय दिइएको छ।

सो समय सकिएलगत्तै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। २५ कात्तिकमा निर्वाचन चिन्ह प्रदान गरिनेछ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कूल ५२ पदमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तह उपनिर्वाचनको लागि भने २७ कात्तिकमा मनोनयन दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका छ।

पढ्नुहाेस्

चार पदका लागि ६५ जनाको उम्मेद्‍वारी (सूचीसहित)

उपनिर्वाचनको मनोनयन दर्ता : कहाँ के भयो (तस्वीर र भिडिओ)

‘चुनाव लड्नकै लागि सरकारी जागिर छाडें’

भक्तपुरमा दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएन

किन पुगे बामदेव उम्मेद्वारी मनोनयनमा

प्रतिक्रिया दिनुहोस्