नेकपा र कांग्रेसद्वारा बैतडीमा वडा अध्यक्षको उम्मेदवार तय

बैतडी। आउँदो १४ मंसीरको उपनिर्वाचनको लागि स्थानीय तहका वडाहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएका छन्।

वडाध्यक्ष रिक्त रहेका बैतडीको सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उपनिर्वाचन हुँदैछ।

नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट, सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले बताए।

यस्तै कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टका अनुसार सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टको नाम तय गरिएको छ।

उम्मेदवार टुंगो लागेसँगै नेकपा र कांग्रेस दुवैले प्रचारप्रसार शुरू गरेका छन्।

अन्य दलहरूले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी गरिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्