काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले पुरानो ‘इगो’ राखेर आफूले गोविन्दराज जोशी माथि कारबाहीको सिफारिस नगरेको बताएका छन्। जोशीले गरेका कार्यका आधारमा उनीमाथि कारबाही गरिएको उनले स्पष्ट पारेका छन्।
“संयोग नै भन्नु पर्छ। उहाँ (जोशी)लाई भ्रष्टाचारको मुद्दामा सिंहदरबार पछाडि प्रहरी चौकीमा राखियो। म एक किलो सुन्तला लिएर भेट्न गएको थिएँ। त्यतिबेला उहाँले मेरो अनुहारमा हेर्न सक्नु भएन। अहिले कांग्रेसले गरेको कारबाही धनराजले रातो पासपोर्ट घटनाको प्रतिसोध साँधेर गरेको हो भन्नुको कुनै अर्थ छैन,” गुरुङले आज देखापढीसँग कुराकानी गर्दै भने।
केहीदिन अघि कांग्रेसको अनुशासन कार्य समितिले जोशीलगायत तीन नेतालाई अनुशासन विपरीत कार्य गरेको भन्दै पार्टीबाट निस्कासन गरेको थियो।
जोशीलाई पाँच वर्षको लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको थियो। गुरुङ अहिले कांग्रेस अनुशासन कार्यसमिति सदस्य हुन्।
पार्टीले पाँच वर्षको लागि निस्कासन गरेपछि देखापढीसँग कुरा गर्दै कांग्रेस नेता जोशीले आफूमाथि पुरानो ‘इगो’ राखी गुरुङले कारबाहीको लागि सिफारिस गरेको बताएका थिए। जोशीले त्यति बेला भनेका थिए, “धनराज गुरुङ रातो पासपोर्ट बेच्न ठिक परेको अवस्थामा म गृहमन्त्री हुँदा पक्राउ परेका थिए। अहिले रामचन्द्र पौडेलसँग मिलि प्रतिशाेध राखेर ममाथि कारबाहीको सिफारिस गरे।”
नेता गुरुङले भने जोशीको आरोपमा कुनै तुक नभएको बताए। “उहाँका गल्तीहरु अडियो, भिडिओमा रेकर्ड छन्। जसले पनि हेर्न सक्छ। तर मलाई फेरि बदनाम गर्न खोज्नु भएको छ। यो कुनै हालतमा हुन सकदैन,” गुरुङले भने।
गुरुङका अनुसार जोशी गृहमन्त्री हुँदा उनी तरुण दलको महासचिव थिए। त्यतिबेला मन्त्रीहरू भ्रष्ट्राचारमा लिप्त भए भन्ने चौतर्फी गुनासाहरू थिए। तरुण दलले मन्त्रीहरूलाई भेटेर भ्रष्टाचारमा शुद्धीकरण ल्याउने अभियान थालेको थियो।
“म तरुण दलको महासचिव हुँदा जोशीजीलाई भेट्न गएको थिएँ। बालकृष्ण खाँड पनि सँगै हुनुहुन्थ्यो। हामी भ्रष्टाचार बढ्यो यसले कांग्रेस बदनाम भयो भनेर भन्यौं। त्यतिबेला जोशीले म तरुण दल चिन्दिनँ भन्नुभयो। त्यसो भन्दा बालकृष्ण खाँडले जोशीको कठालो समात्न खोज्नु भयो तर सुरक्षाकर्मीले रोके। त्यसपछि जोशी ‘त धनेलाई म देखाउँछु’ भन्दै बाहिरिनु भएको थियो,” गुरुङले पुराना दिनको सम्झना गर्दै भने।
जोशी उठेर हिँडेपछि त्यहाँ धेरै कुराकानी भएको थियो। जुन कुराकानी पछि कसैले जोशीलाई सुनाएको थियो। त्यसपछि जोशीले गुरुङलाई भनेका थिए रे, “त धनेको राजनीति सिध्याई दिन्छु।”
“केही समयपछि एकजनाको घरमा नियोजितरूपमा मलाई रातो पासपोर्ट किनबेच गर्ने षड्यन्त्र गरेर फसाउन खोजियो। काठमाडौं जिल्ला अदालतमा मुद्दा हाल्यो सफाइ पाएँ। त्यसको केही समयपछि पुनरावेदन अदालतमा मुद्दा हाल्यो सफाइ पाएँ। अन्तिममा सर्वोच्च अदालतमा मुद्दा हाल्यो सफाइ पाएँ। किनकि म बेकसुर थिएँ,” गुरङले भने। रातो पासपोर्ट किनबेचको आरोप लाग्दासम्म आफूले रातो पासपोर्ट नदेखेको उनले बताए।
अहिले जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। गुरुङ थप्छन्, “म दावाका साथ भन्छु। यदि गोविन्दराज जोशीको मुद्दाको फैसला भयो भने लोकमान कार्की जस्तै उनी पनि नेपालमा बस्न सक्दैनन्।”
आफू नेपालको माटोलाई माया गर्ने मान्छे भएकाले नेपालमै मर्ने गुरुङले बताए। कांग्रेस अनुशासन समिति सदस्य भएर गोविन्दराज जोशीलाई कारबाही गरेको भन्ने कुरा निराधार भएको दाबी उनको छ।
“मलाई त्यतिबेला धेरै दुःख दिनु भयो जोशीले। थाकिसकेपछि हात जोडेर मैले भनेको थिएँ- हे भगवान मैले गलत गरेको भए एक दिन भ्रष्टाचारकै मुद्दामा गोविन्दराज जोशीलाई जेलमा भेटन पाउँ,” गुरुङले भने।
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले पुरानो ‘इगो’ राखेर आफूले गोविन्दराज जोशी माथि कारबाहीको सिफारिस नगरेको बताएका छन्। जोशीले गरेका कार्यका आधारमा उनीमाथि कारबाही गरिएको उनले स्पष्ट पारेका छन्।“संयोग नै भन्नु पर्छ। उहाँ (जोशी)लाई भ्रष्टाचारको मुद्दामा सिंहदरबार पछाडि प्रहरी चौकीमा राखियो। म एक किलो सुन्तला लिएर भेट्न गएको थिएँ। त्यतिबेला उहाँले मेरो अनुहारमा हेर्न सक्नु भएन। अहिले कांग्रेसले गरेको कारबाही धनराजले रातो पासपोर्ट घटनाको प्रतिसोध साँधेर गरेको हो भन्नुको कुनै अर्थ छैन,” गुरुङले आज देखापढीसँग कुराकानी गर्दै भने।

">