गणेशमान सिंहको १०५ औं जन्म जयन्ती मनाइयो
काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ।

काठमाडौंको शोभा भगवतीस्थित सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ।

कार्यक्रममा कांग्रेस तथा भ्रातृ संगठनका नेता र कार्यकर्ताहरु सहभागि थिए।

रत्नपार्कको शान्ति वाटिकामा आयोजित कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहलगायतका राजनेताहरुको स्मृति सरकारी अगुवाइमा हुनुपर्ने बताए।

वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुले राजनीतिक परिवर्तनमा गरेको योगदान मुलुकको विकासमा मार्गदर्शक बन्ने वक्ताहरुले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्