काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले बाह्रै महिना काम गर्न मन्त्रालय मातहतका विभाग तथा विभाग अन्तर्गतका क्षेत्रीय, डिभिजन र आयोजना कार्यालयका प्रमखुहरूलाई निर्देशन दिएका छन्।
उनले त्यसका लागि कार्य योजना बनाउन पनि निर्देशन दिए। चालू आर्थिक वर्ष २०७७/०७८ मा बहाना बनाएर योजनाहरूको काम कोरोना संक्रमणले गर्दा भएन भन्न नपाइने बताए।
“गएको आर्थिक वर्षमा कोरोना संक्रमणका कारण सन्तोषजनक काम भएन भन्नुभयो, सबैलाई छुट दिन्छु”, उनले भने, “तर, यो वर्ष त्यस्तो बहानाको छुट पाइन्नँ, तपाईंहरू धेरैभन्दा धेरै समय कार्य क्षेत्रमा बस्नुहोस्, हरेक महिनाको कार्ययोजना बनाउनुहोस् आफूभन्दा माथिलो निकायलाई जानकारी गराउनुहोस् र मातहतका निकायमार्फत् कार्यान्वयन गराउनुहोस्।”
कतिपय कार्यालय प्रमुखहरू कार्यालयमा नबसेकै कारण आशातीत प्रगति नभएको मन्त्री नेम्वाङको भनाइ छ। उनले अनावश्यक काठमाडौं नआउन पनि निर्देशन दिए।
“आयोजना प्रमुख र डिभिजन प्रमुखहरू सांस्कृतिक चाडपर्व, दुःख विरामजस्ता मुनासिव कारण बाहेक कार्यक्षेत्र छोडेर काठमाडौं नआउनुहोस्”, उनले सडक विभागको आर्थिक वर्ष २०७६/०७७ को प्रगति समीक्षा कार्यक्रममा भने, “तपाईंहरू कार्यालय नबसेकै कारण प्रगति आशा गरेअनुसार नभएको हो।”
उनले डिभिजन तथा आयोजना प्रमुखहरूलाई ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीहरूप्रति कडा रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएका छन्।
समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव देबेन्द्र कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया र सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको सहभागिता थियो।
बिहीबार र शुक्रबारसम्म चलेको गोष्ठीमा विभिन्न आयोजनाका निर्देशक, आयोजना प्रमुख तथा सडक डिभिजन प्रमुखहरूले प्रगति प्रतिवेदन पेश गरेका थिए।
सोही अवसरमा आ.व. २०७६/०७७ मा उत्कृष्ट कार्य सम्पादन गर्ने आठ कार्यालय पुरस्कृत भएका छन्।
आकस्मिक मर्मत सम्भार कार्यतर्फ सडक डिभिजन भरतपुर, पटके मर्मत संभार कार्यतर्फ सडक डिभिजन जुम्ला, आवधिक मर्मत संभार कार्यतर्फ सडक डिभिजन काठमाडौं, बेरुजु फर्छ्याैट कार्यतर्फ मदन भण्डारी राजमार्ग आयोजनाको योजना कार्यालय उदयपुर र आकस्मिक मर्मत सम्भार कार्यतर्फ नै यान्त्रिक उपकरण व्यवस्थापन तथा परिचालन कार्य- हेभी इक्युपमेन्ट डिभिजन हेटौंडालाई पुरस्कृत गरिएको हो।
अधिकतम पुल निर्माण कार्यतर्फ सडक डिभिजन बुटवल, अधिकतम सडक कालोपत्रे कार्यतर्फ सडक डिभिजन हेटौंडा र सडक सुरक्षा कार्यतर्फ सडक डिभिजन ललितपुरलाई पुरस्कृत गरिएको छ।
" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले बाह्रै महिना काम गर्न मन्त्रालय मातहतका विभाग तथा विभाग अन्तर्गतका क्षेत्रीय, डिभिजन र आयोजना कार्यालयका प्रमखुहरूलाई निर्देशन दिएका छन्।उनले त्यसका लागि कार्य योजना बनाउन पनि निर्देशन दिए। चालू आर्थिक वर्ष २०७७/०७८ मा बहाना बनाएर योजनाहरूको काम कोरोना संक्रमणले गर्दा भएन भन्न नपाइने बताए।

">