कास्की–२मा यी उम्मेद्वारले फिर्ता लिए उम्मेद्वारी
काठमाडौं। प्रतिनिधिसभातर्फ उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की–निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वारी दिएका पुरुषोत्तम खनालले उम्मेद्वारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि दिउँसो एक बजेसम्म उम्मेद्वारी फिर्ताको समय दिएको थियो।

खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी फिर्ता लिएका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले देखापढीलाई जानकारी दिए। अब कास्की–२ मा २१ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन्।

नेकपाकी विद्या भट्टराई, नेपाली कांग्रेसका खमेराज पौडेल, समाजवादी पार्टी नेपालका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी र राप्रपा संयुक्तकी गंगा मल्ल छन्।

यसैगरी, साझा पार्टीका तर्फबाट रजनी केसी, विवेकशील नेपाली दलको तर्फबाट जमुना शर्मा, नेपाली कांग्रेस (बीपी)का चन्द्रबहादुर रानाभाट, नेकपा मालेका टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि चुनावी मैदानमा छन्।

स्वतन्त्रतर्फ कमलजंग कुँवर, उमनाथ गौतम, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रणबहादुर दमै, लक्ष्मीकुमारी भुजेलगायत छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्