काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्यहरूले पार्टी एकताको पक्षमा हस्ताक्षर संकलन गरेका छन्।
पार्टीको नेतृत्व तहमा देखापरेको अन्तरविरोधले पार्टी विभाजोन्मुख भएपछि पार्टी एकताको लागि दबाब दिन भन्दै ६१ जना सांसदले हस्ताक्षर संकलन गरेका हुन्।
“पार्टीभित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन हामी कतै विभक्त नभई एकताको पक्षमा उभिएका छौं र हस्ताक्षर गरी प्रतिवद्धता जनाउँदछौं।” विज्ञप्तीमार्फत भनेका छन्।
पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विभाजन हुने खतरा बढेर गएको सांसदहरूले संश्लेषण गरेका छन्। उनीहरूले त्यसप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन्।
‘पार्टीको आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य उद्देश्य, संगठनात्मक संरचनामाथि जारी स्थायी कमिटी बैठकमा बहस हुनुपर्ने हो”, सांसद सुरेशकुमार राईले भने, “तर, अन्य विषयमा केन्द्रीत भई शीर्ष नेतृत्व तहमा उत्पन्न अन्तरविरोध कुनै पनि अर्थमा उपयुक्त छैन र पार्टी विभाजनप्रति साथ र सहयोग हुन सक्दैन।”
उनले पार्टी एकीकरण प्रक्रिया पूरा गरी संगठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्ने बेला भएको पनि बताए।
यससँगै कोभिड-१९ ले अर्थतन्त्रमा पारेको गम्भीर नकारात्मक असरलाई न्यूनीकरण गर्ने कार्यक्रमलाई प्रथमिकता दिँदै प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कदम चाल्नुपर्ने पनि बताए।
अर्की सांसद रामकुमारी झाँक्रीले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावनाअनुसार देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थिरतालाई अझ सुदृढ गर्दै पार्टी एकताबद्ध बनाउन सामूहिक पहल गर्ने बताएकी छन्।
उनले पार्टीमा हुने र देखिने सबै रूपका अन्तरविरोधलाई पार्टीको विचार र सिद्धान्त निर्देशित पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी ढङ्गले समाधान खोज्न प्रतिवद्ध रहेको पनि बताइन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्यहरूले पार्टी एकताको पक्षमा हस्ताक्षर संकलन गरेका छन्।पार्टीको नेतृत्व तहमा देखापरेको अन्तरविरोधले पार्टी विभाजोन्मुख भएपछि पार्टी एकताको लागि दबाब दिन भन्दै ६१ जना सांसदले हस्ताक्षर संकलन गरेका हुन्।

">