काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गौतम बुद्धका विषयमा भारतीय विदेशमन्त्री एस. जयशंकरको भनाई तथ्यहीन र आपत्तिजनक भएको बताएका छन्।
“भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,” नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्। नेता नेपालले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पर्ने खालका कुरा नबोल्न पनि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
“ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु,” नेपालले भनेका छन्।
भारतीय विदेशमन्त्रीको गौतम बुद्धसम्बन्धी भनाइलाई उनले दुःखद समेत भनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर स्पष्ट पारिसकेपछि पनि यस्तो धारणा आउनुलाई नेता नेपालले गलत भनेका छन्।
“भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु,” नेपालले भनेका छन्। भारतीय विदेशमन्त्री जयशंकरले हिजो गौतम बुद्ध भारतमा जन्मेको भन्ने अभिब्यक्ति दिएका थिए।