कैलाली। सुदूरपश्चिमको राजधानी घोषणा भएको झण्डै दुई वर्षपछि कैलालीको गोदावरीस्थित वनको जग्गामा भोगाधिकार प्राप्तिका लागि प्रक्रिया थाल्ने निर्णय गरिएको छ।
प्रदेश राजधानी पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार धनगढीमा बसेको बैठकले राजधानी स्थापना गर्न आवश्यक पर्ने जग्गाको भोगाधिकार प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
प्रदेश राजधानी पूर्वाधार निर्माण परियोजनाका कार्यकारी निर्देशक हेमराज विष्टले संघीय सरकारबाट जग्गाको भोगाधिकार प्राप्तिका लागि काम अगाडि बढाउने निर्णय भएको जानकारी दिए।
बैठकले राजधानी निर्माणको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्नका कामसमेत अगाडि बढाउने निर्णय गरेको उनले बताए।
सेवा करारमा केही कर्मचारी भर्ना गरी अगामी भदौसम्म गोदावरीमै प्रशासनिक कार्यालय खडा गरेर कामकाज थाल्ने निर्णय समेत बैठकले गरेको परियोजनाका निर्देशक बिष्टले बताए ।
प्रदेश सभाको २०७५ असोज १२ गतेको बैठकले दुई तिहाइ बहुमतका साथ कैलालीको गोदावरी जंगलमा राजधानी बनाउने निर्णय पारित गरेको थियो।
तर, अहिलेसम्म प्रदेश सरकारले जग्गाको भोगाधिकार भने पाएको छैन। राजधानीको चार किल्ला तोकिएको गोदावरी नगरपालिका वडा २ र ४ को जग्गा प्रदेश सरकारको मातहतमा ल्याउनका लागि नापी, मालतपोत र वन कार्यालयले जग्गाको कागजात तयार पारेका थिए।
प्रदेश सभाले बहुमतले पारित गरेको निर्णयअनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा राख्नका लागि तेघरी सामुदायिक वनको ३४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ।
त्यसका लागि कित्ता नम्बर, ब्लु प्रिन्ट, नक्सा, स्केचसहित जग्गाका कागजपत्रहरू तयार पारिएको छ।
जग्गाका सबै कागजपत्रहरू तयार भएपछि यसअघि पनि सुदूरपश्चिम प्रदेश सरकारको निर्णयमार्फत् संघीय सरकारलाई जग्गा माग गरिएको थियो।
राजधानी तोकिएको क्षेत्र तेघरी सामुदायिक वन पर्छ। २०६४ मा जिल्ला वनबाट अनुमति पाएको सो वनमा साल, खयर, हल्दु, रोहिनी, जामुनलगायतका प्रजातिका रुखहरू छन्।
" /> कैलाली। सुदूरपश्चिमको राजधानी घोषणा भएको झण्डै दुई वर्षपछि कैलालीको गोदावरीस्थित वनको जग्गामा भोगाधिकार प्राप्तिका लागि प्रक्रिया थाल्ने निर्णय गरिएको छ।प्रदेश राजधानी पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार धनगढीमा बसेको बैठकले राजधानी स्थापना गर्न आवश्यक पर्ने जग्गाको भोगाधिकार प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

">