काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको छ।
निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ। जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाउने छ।
जसपाले सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता पनि औल्याएको छ। भारतसँगको सम्बन्ध विगार्ने गरी सरकारले काम गरिरहेको भन्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव दिएको जानकारी दिए।
बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ।
" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको छ।निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ। जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाउने छ।

">