काठमाडौं। पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले दुई जना सहसचिव र पाँच जना उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइको हो।
हिजाे बसेको गृहमन्त्रीस्तरको बैठकले सहसचिव उमेश बस्नेतलाई रौतहट र अर्का सहसचिव सन्तबहादुर सुनारलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाउने निर्णय गरेको हो। दुवै जना यसअघि गृह मन्त्रालय मातहतको विभिन्न महाशाखा प्रमुखको भूमिकामा थिए।
बैठकले उपसचिवहरू उमाकान्त अधिकारीलाई म्याग्दी, हिरादेवी पौडेललाई मुस्ताङ, खिमराज भुसाललाई प्युठान, ध्रुब गिरीलाई मनाङ र राजकुमार राईलाई रूकुम पूर्वको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ। सहसचिव अरूण पोखरेललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको छ।
उपसचिवहरू कृष्णबहादुर शाहीलाई झापाको सहायक प्रमुख जिल्ला अधिकारी, दीपक कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी, रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लाई गृह मन्त्रालय र दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशक बनाएको गृहप्रवक्ता चक्रबहादुर बुढाले बताए।
हेर्नुहोस् सूची :
" /> काठमाडौं। पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले दुई जना सहसचिव र पाँच जना उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइको हो।हिजाे बसेको गृहमन्त्रीस्तरको बैठकले सहसचिव उमेश बस्नेतलाई रौतहट र अर्का सहसचिव सन्तबहादुर सुनारलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाउने निर्णय गरेको हो। दुवै जना यसअघि गृह मन्त्रालय मातहतको विभिन्न महाशाखा प्रमुखको भूमिकामा थिए।

">