काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सर्ने सम्भावना बढेको छ। साउन मसान्तसम्मको म्याद रहेको क्रियाशील सदस्यता वितरण नसकिने भएपछि महाधिवेशन सर्ने देखिएको हो।
अझ रोचक त १० जिल्लामा अझैसम्म क्रियाशील सदस्यता पुगेकै छैन। संगठनको समायोजन पनि सकिएको छैन।
संशोधित कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता २५ असारदेखि साउन मसान्तसम्ममा सकिने कार्यसूची छ। तर, हालसम्म निक्कै कम संख्यामा मात्र वितरण भएको छ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले निर्धारित समयमा क्रियाशील सदस्यता वितरण र संगठनको समायोजन नसकिने देखिएको बताए।
“क्रियाशील सदस्यता वितरणको काम त भइरहेकै छ, तर वितरण गरिसक्ने अवस्था देखिएन”, उनले देखापढीसँग भने, “पहाडी जिल्लामा भदौसम्मै वर्षा भइरहने हुँदा वितरणमा बाधा पुग्न सक्छ, असोज–कात्तिक चाडबाड र मंसीर जाडोले काम गर्न सकिन्नँ।”
क्रियाशील सदस्यता वितरण र संगठन समायोजनले निर्वाचनको कार्यतालिका प्रभावित हुने भएको छ।
पार्टीका शीर्षस्थ नेताहरू भने महाधिवेशनलाई सार्ने मनस्थितिमा पुगेका छन्। यदी सार्नु नै परे केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने हुन्छ। यद्यपी, महाधिवेशन सार्ने टुङ्गोमा नै चाहिँ शीर्ष नेताहरू पुगेका छैनन्।
कार्यतालिका अनुसार भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण गर्ने प्रतिनिधि सभा क्षेत्रीय समितिले केन्द्रमा पठाइ सक्नुपर्छ। जिल्ला कार्य समितिले पनि नवीकरण गरेको सदस्यहरूको सदस्यता केन्द्रमा पठाउनु पर्ने भनिएको छ।
फेरि, कोरोना संक्रमणको महामारी फैलिरहेकोले पनि निर्वाचन कार्यतालिका अनुसारको काम गर्न नसकिएको कांग्रेसले जनाएको छ।
“महाधिवेशनको मिति सार्न निर्णय गर्ने भन्नेबारे त केन्द्रीय समितिले सोचेको छैन”, केन्द्रीय सदस्य विश्वकर्माले भने, “तर, पनि पार्टीका नेताहरूले यसअघिको कार्यतालिका अनुसार काम गर्न नसकिने भयो र महाधिवेशनको मिति सार्नुपर्यो भन्दै आएका छन्।”

कांग्रेसको १४ औं महाधिवेशन आगामी ७, ८, ९ र १० फागुनमा तोकिएको छ। गएको २२ असारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति परिवर्तन नगरेर वडा तहदेखि प्रदेशसम्मको निर्वाचन तालिका हेरफेर गरेको थियो।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्य समितिको पदावधि गएको वर्षको ७ फागुनमा नै सकिएको हो। त्यसले गर्दा विधानतः गत सालको फागुनमै महाधिवेशन गर्नुपर्दथ्यो।
तर, ‘विशेष परिस्थिति’ भन्दै एक वर्षपछि सारिएको थियो। कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षपछिसम्म महाधिवेशन सार्न मिल्ने प्रावधान छ।
" /> काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सर्ने सम्भावना बढेको छ। साउन मसान्तसम्मको म्याद रहेको क्रियाशील सदस्यता वितरण नसकिने भएपछि महाधिवेशन सर्ने देखिएको हो।अझ रोचक त १० जिल्लामा अझैसम्म क्रियाशील सदस्यता पुगेकै छैन। संगठनको समायोजन पनि सकिएको छैन।

">