पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताएका छन्।
गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए।
यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको मुख्यमन्त्री गुरुङको भनाइ छ।
गुरुङ समुदायमा चैत महीनाको अन्तिम मंगलबार उधौली र साउन महीनाको अन्तिम मंगलबार उभौलीका रूपमा वर्षको दुईपटक विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ।
परापूर्वकालमा ग्रामीण भेगमा भूतप्रेत भगाई शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरू गरिएको धार्मिक मान्यता पाइन्छ।
" /> पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताएका छन्।गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए।

">