कम्युनिष्टको सरकार फेसबुकका भित्तामा होइन, समस्या समाधान गरिरहेको भेटिन्छ: मुख्यमन्त्री भट्ट
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कम्युनिष्टको सरकार फेसबुकका भित्तामा नभई विकास नभएको ठाउँमा विकास गरिरहेको र समस्या भएको ठाउँमा समस्या समाधान गरिरहेको भेटिने बताएका छन्।

प्रदेश सभामा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कम्युनिष्टको सरकार प्रतिपक्षीहरूले फेसबुकमा खोजेर नभेटाउनु स्वाभाविक रहेको बताए। आफूहरू विकास नभएको ठाउँमा, जनताका समस्या भएको ठाउँमा र जनताकै घरदैलोमा आफूहरू भेटिने गरेको बताए।

"कम्युनिष्टको सरकार विकास नभएको ठाउँमा विकास गरिरहेको, समस्या भएको ठाउँमा समस्या समाधान गरिरहेको र जनताको घरदैलोमा जनतालाई सहयोग गरिरहेको भेटिन्छ," उनले भने, "अरुको सरकार कहाँ भेटिन्छ? मलाई थाहा छैन।"

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले लकडाउनको समयमा मिडियामा समेत प्रदेश सरकार नभेटिएको आलोचना गरेका थिए। सोही घटनाप्रति मुख्यमन्त्री भट्टले कम्युनिष्ट सरकार फेसबुकमा नभेटिने भन्दै कटाक्ष गरे।

प्रतिपक्षी दलहरूले कोरोना महामारीको नाममा प्रदेश सरकारले अनाधिकृत रूपमा ९३ करोड खर्च गरेको र बजेट छलफलको बेला संसद् अवरुद्ध गरेको घटनाको खण्डन गर्दै संघीय सरकारले दिएको छ करोड बाहेक प्रदेश सरकारको ५३ करोड मात्रै खर्च भएको मुख्यमन्त्रीले बताए।

"सामाजिक विकास मन्त्रालयले कम जनशक्तिमा सञ्चालन गर्न सकिने तीन वटा अटो आरएनए-पिसिआर मेसिन र ३० वटा भेन्टिलेटर खरिद गरेको छ" उनले भने, "१०-१५ दिनमै डोटी र बैतडीमा पिसिआर मेसिन सञ्चालनमा आउने छ।"

"कोरोना रोकथामका लागि फागुनदेखि प्रदेश सरकार सक्रिय रहेपनि प्रतिपक्षले असार १० गते आएर बजेटको विरोध गर्नु दु:खद् कुरा हाे" मुख्यमन्त्री भट्टले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्