रुपन्देही। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन्।
विजयोत्सवको रूपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै पौडेलले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दूरी कायम गरी मनाउन अपील गरे।
“जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं”, शुभकामना सन्देशमा भनिएको छ, “कोभिड-१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।”
पाल्पामा मनाइँदैँ आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पूर्खाको देशभक्तिको गौरवपूर्ण लँडाईंलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रूपमा अघि बढ्न आग्रह गरेका छन्। रासस
" /> रुपन्देही। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन्।विजयोत्सवको रूपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै पौडेलले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दूरी कायम गरी मनाउन अपील गरे।

">