काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू अगाडि बढ्न उत्प्रेरित गर्दै सरकारले पूर्णरूपमा समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले युवालाई सपना देख्न नछोड्न आग्रह गरे।
“आफूलाई जुन विषयमा केही गर्न सक्छु भन्ने विश्वास छ, त्यसमा अगाडि बढ्नुस्,” प्रधानमन्त्रीले भने, “सरकार तपाईंहरूको साथमा छ।” संयुक्त राष्ट्र संघको पहलमा सन् २००० बाट विश्वभर मनाउन थालिएको यो दिवस नेपालमा पनि २००४ देखि निरन्तर मनाइँदै आएको छ।
“युवाको एउटा उत्साहपूर्ण क्षण, जसले युवाहरूलाई सहकार्य र अग्रगामी बन्न प्रेरणा र उत्साह जनाउने दिन हो, युवा दिवस,” उनले भने, “पहिलो पटक यस्तो महत्वपूर्ण चाड भर्चुअल माध्यमबाट गर्नुपर्ने बाध्यता कोभिड-१९ को विश्वव्यापी महामारीबाट भएको हो। यसको सामना गरेर पराजित गर्नु अहम कार्य छ।”
प्रधानमन्त्रीले दिवसको अवसरमा युवाहरूलाई कोरोना रोगका बारेमा पर्याप्त जानकारी लिन र यससँग जुध्न प्रभावकारी माध्यमको खोजी र अनुशरण गर्न आग्रह गरे। “हाम्रो देशले सम्वृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको छ। घोषणा गरेको छ” प्रधानमन्त्री भन्छन्, “त्यो लक्ष्य प्राप्तिमा हामीले ध्यान दिनुपर्छ। यसका लागि हामीले विभिन्न लक्ष्यहरू तय गरेका छौं।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्वृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि विभिन्न नीति र संगठन तथा संस्थाहरू स्थापना गरिसकेको जानकारी दिए। देशका युवाले रोजगारीका अवसर र जीवनको खोजी गर्नुपर्ने बताउँदै प्राकृतिक सौन्दर्य र विविधताले युक्त भएको देश पछाडी पर्नु स्विकार्य नहुने उनले बताए।
“रोजगारीलाई स्वदेशमा सिर्जना गर्ने, सबैभन्दा बढी नवपरिवर्तनकारी युवावस्था विदेशमा गएर बिताउनु नपरोस्, यो ऊर्जाशील समय देशको विकासमा खर्चगर्न सकियोस्,” उनले भने, “जसको परिणाम नेपाल विकसित, आत्मनिर्भर देश बनोस्। हाम्रो देश नेपाललाई एक तिर्थस्थल नमूनाको रूपमा प्रस्तुत गर्न सकियोस्।”
“आज निराश, हतोत्साहित हुनु र सपना देख्न छोड्नु हुँदैन, देखेका सपना साकार पार्न अगाडी बढ्नु पर्छ,” प्रधानमन्त्रीले भने, “सुन्दर आकांक्षालाई मूर्त रूप दिन ध्यान केन्द्रित गर्नुपर्छ।” युवाका सपना साकार पार्न सरकारले उल्लेख्य कार्यक्रम लिएको छ, युवाको यथेष्ट सहभागिताको अपेक्षा गरिएको प्रधानमन्त्रीले बताए।
“युवाहरूका लागि संघीय, प्रदेश र स्थानीय तहबाट कार्यक्रम सञ्चालन गरिँदैछ। र, बजेट पनि छुट्याएका छौं,” उनले भने, “युवा रोजगार, स्वरोजगारलगायतका विभिन्न कार्यक्रमको परिषद्ले नेतृत्व गरिहेको छ।”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू अगाडि बढ्न उत्प्रेरित गर्दै सरकारले पूर्णरूपमा समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले युवालाई सपना देख्न नछोड्न आग्रह गरे।“आफूलाई जुन विषयमा केही गर्न सक्छु भन्ने विश्वास छ, त्यसमा अगाडि बढ्नुस्,” प्रधानमन्त्रीले भने, “सरकार तपाईंहरूको साथमा छ।” संयुक्त राष्ट्र संघको पहलमा सन् २००० बाट विश्वभर मनाउन थालिएको यो दिवस नेपालमा पनि २००४ देखि निरन्तर मनाइँदै आएको छ।

">