काठमाडौं। नेपाल-भारत संयुक्त सीमा टोली अन्तर्गतको नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले नेपाली टोलीले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रका सीमावर्ती जिल्लाका स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो।
समितिले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री र अधिकारीहरुसँगको छलफलपछि यस सम्बन्धमा जानकारी गराउन निर्देशन दिएको हो। समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा के भएको हो जानकारी गराउन निर्देशन दिइन्। उनले सीमा सम्बन्धमा दुई देशबीच गहन छलफलमा बस्दा कुनै कमी नहुनेगरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न र त्यस सम्बन्धी जानकारी समितिलाई गराउन समेत निर्देशन दिइन्।
लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवादहरुको समेत स्थायी समाधानका लागि अहिलेसम्म भएका पहलकदमीका सम्बन्धमा जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ।
त्यस्तै सीमा क्षेत्रमा नेपालको तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्थापन गर्ने सम्बन्धमा समितिले अहिलेसम्म दिएका निर्देशन प्रभावकारी कार्यन्वयन गर्न भनेको छ। सीमा क्षेत्रमा नापी भएका जग्गाहरुको लालपुर्जा अहिलेसम्म पनि प्राप्त नभएको जनगुनासो आएकाले तत्काल त्यसको सम्बोधन गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। नेपाल-भारत संयुक्त सीमा टोली अन्तर्गतको नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले नेपाली टोलीले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रका सीमावर्ती जिल्लाका स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो।समितिले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री र अधिकारीहरुसँगको छलफलपछि यस सम्बन्धमा जानकारी गराउन निर्देशन दिएको हो। समिति सभापति शशी श्रेष्ठले स्ट्रीप नक्सा र सीमा सम्बन्धी समग्र विषयमा के भएको हो जानकारी गराउन निर्देशन दिइन्। उनले सीमा सम्बन्धमा दुई देशबीच गहन छलफलमा बस्दा कुनै कमी नहुनेगरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न र त्यस सम्बन्धी जानकारी समितिलाई गराउन समेत निर्देशन दिइन्।

">