नेकपाले लगायो केन्द्रीय निकायको टुंगो, अनुशासन आयोगमा बोहरा
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरुलाई जिम्मेवारी तोक्दै केन्द्रीय निकायहरुको एकीकरणको काम सम्पन्न गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको नेकपा सचिवालय बैठकले अनुशासन आयोगको प्रमुखमा अमृतकुमार बोहरालाई चयन गरेको छ। त्यस्तै सचिवमा अशोक रोकाय चयन भएका छन्।

नेकपाको केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन्। त्यस्तै केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताए।

सचिवालय बैठकले लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टंक आचार्यलाई चयन गरेको छ भने  ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन्।

आजको निर्णयसँगै पार्टीको केन्द्रीय निकायहरुको एकीकरणको मुख्य काम सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्