भारतीय नक्साविरुद्ध प्रमाणसहित अडानमा उभिने नेकपाको निर्णय
<p>काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा हालै सार्वजनिक नक्सा सच्याउन भारत सरकारसँग प्रमाणसहित अडान राख्ने निर्णय गरेको छ।</p>
<p>प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले भारतले नक्सामा समावेश गरेको नेपाली भूभागबारे आफूसँग भएका प्रमाण लगायतका पर्याप्त आधारहरू संकलन गरी पार्टीको तर्फबाट प्रस्ताव तयार पार्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले <em>देखापढी</em>लाई बताए।</p>
<p>नेकपाले भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर जारी गरेको नक्सा सच्याउन प्रमाणहरू संकलन गरेर सम्बन्धित च्यानलमार्फत भारत सरकारसँग वार्ता गर्न नेपाल सरकारलाई सुझाव दिएको छ। </p>
प्रतिक्रिया दिनुहोस्